Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

माछापुच्छ्रे बैंकद्वारा २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी

माछापुच्छ्रे बैंकद्वारा २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी
A A+ A-

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशको सुनसरीमा निर्माण हुन लागेको २० मेगावाट क्षमताको ग्रिड-आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ। पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित यस परियोजनामा बैंकले एकल लगानी गर्ने भएको छ।

बैंकले परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी गर्ने जनाएको छ। निर्माण अवधि १.५ वर्ष तोकिएको यस परियोजनाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाको उत्पादन क्षमता विस्तार गर्न र दिगो पूर्वाधार विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

बैंकले वातावरणमैत्री र दिगो विकासमा योगदान पुर्‍याउने ऊर्जा परियोजनाहरूमा आफ्नो लगानी विस्तार गर्दै आएको छ। यो वित्तीय व्यवस्थापन नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउने बैंकको प्रतिबद्धताको निरन्तरता भएको बैंकले उल्लेख गरेको छ। आगामी दिनमा पनि नेपालको ऊर्जा आवश्यकता परिपूर्ति, स्वच्छ ऊर्जा प्रवर्द्धन र दिगो आर्थिक विकासमा योगदान दिने परियोजनाहरूलाई प्राथमिकताका साथ वित्तीय सहयोग प्रदान गर्ने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ।

2