Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र
A A+ A-

म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा मर्मत कार्य सम्पन्न भएको छ ।

सो सडकखण्डको विभिन्न ५५ स्थानमा बाढी पहिरोका कारण अवरुद्ध भएको थियो । यही असोज ८ देखि ११ गतेको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले १० स्थानको सडक कटान गरेर बगाएको र भत्काएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग र रघुगङ्गा गाउँपालिका–२ कुनौटा बाहेकका स्थानमा मङ्गलबारसम्म प्रारम्भिक मर्मत कार्य सकिएको जानकारी दिए ।

‘मालढुङ्गादेखि कुनौटा, कोरलादेखि पोखरेबगर सडक पुलसम्मको सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न सकिने गरि मर्मत भएको छ,’ उनले भने, ‘पोखरेबगरदेखि कुनौटाको बीचमा पर्ने रातोपानी, धिरच्याङ, भिरकाटे, महभिर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने तथा नयाँ मार्ग बनाउने काम सकिएको छ ।’

बाढीले कुनौटामा पैदलयात्रा गर्न नमिल्ने गरी २५० मिटर सडक र पोखरेबगरको पुलको पहुँचमार्ग बगाएको थियो । कुनौटामा चार वटा एक्साभेटरसहित टिप्पर परिचालन गरेर माटो भर्ने तथा पोखरेबगरमा मजदुर र उपकरण परिचालन गरेर ग्यावियन पर्खाल निर्माण भइरहेको छ ।

आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको योजना प्रमुख शर्माले बताए । सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन इन्धन अभाव रहँदै आएको थियो ।

राहुघाटको विद्युत्गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको छ । नेपाली सेना, स्वयम्सेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।

सडक विभाग र निर्माण व्यवसायीका १५ वटा एक्साभेटर, १२ वटा टिप्पर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

‘सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,’ उनले भने । सो आयोजनामा यसपटकको विपद्ले हालसम्म ठूलो क्षति पुर्‍याएको छ । सडक पुनर्निर्माणका लागि रु तीन अर्ब लाग्ने प्रारम्भिक अनुमान सडक विभागले गरेको छ । रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण रहेको छ । सो नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भएको छ । दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय याम सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब परेको छ ।

2