दशैं-तिहार नेपाली उपभोक्ताका लागि नयाँ सामान खरिद गर्ने प्रमुख समय हो। यही अवसरलाई लक्षित गर्दै एलजीले टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभनलगायत आफ्ना विभिन्न उत्पादनमा क्यासब्याक, उपहार र किस्ताबन्दी सुविधा ल्याएको छ। यसै सन्दर्भमा एलजीका सेल्स म्यानेजर सन्देश भुर्तेलसँग सहकर्मी शशिन्द्र गौतमले गरेको कुराकानीको सम्पादित अंश :
एलजीले यस वर्षको दशैं–तिहारलाई लक्षित गरेर कस्ता योजना ल्याएको छ ?
दशैं–तिहारलाई लक्षित गरेर हामीले विभिन्न उत्पादनमा विशेष अफर ल्याएका छौँ। हाम्रो अभियानको मुख्य अवधारणा नै ‘एलजीको उपहार मनाऔँ दशैं–तिहार’ भन्ने हो। यसअन्तर्गत ग्राहकले एलजीका विभिन्न उत्पादन खरिद गर्दा क्यासब्याक, उपहार तथा अन्य सुविधा प्राप्त गर्न सक्नेछन्।
एलजीसँग टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभनलगायत विभिन्न श्रेणीका उत्पादन छन्। ती उत्पादनमा ग्राहकको आवश्यकता र उत्पादनको श्रेणीअनुसार फरकफरक अफर राखिएको छ।
टेलिभिजनमा कस्तो अफर छ ?
टेलिभिजनमा हामीले विभिन्न श्रेणीअनुसार क्यासब्याक र उपहारको व्यवस्था गरेका छौँ। सिंगल डोर तथा डबल डोर रेफ्रिजेरेटरमा जस्तै टेलिभिजनमा पनि उत्पादनको श्रेणीअनुसार फरक सुविधा उपलब्ध छ।
विशेषगरी ठूला स्क्रिनका टेलिभिजन खरिद गर्ने ग्राहकलाई आकर्षक उपहार र क्यासब्याकको व्यवस्था गरिएको छ। ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार उत्पादन छनोट गर्दा अफरको पनि लाभ लिन सक्नुहुन्छ।
वासिङ मेसिन र माइक्रोवेभ ओभनमा पनि अफर छ ?
छ। वासिङ मेसिनमा पनि विभिन्न उपहार तथा अन्य सुविधा राखिएको छ। माइक्रोवेभ ओभनलगायत अन्य उत्पादनमा पनि क्यासब्याक र उपहारको व्यवस्था गरेका छौँ।
हाम्रो उद्देश्य एउटा मात्र उत्पादन बेच्ने होइन। दशैं–तिहारमा घरका लागि आवश्यक सामान खरिद गर्ने ग्राहकलाई एउटै अभियानमार्फत धेरै उत्पादनमा सुविधा उपलब्ध गराउनु हो।
किस्ताबन्दी सुविधा पनि ल्याउनुभएको छ ?
यो वर्षको मुख्य आकर्षणमध्ये किस्ताबन्दी सुविधा पनि हो। धेरै ग्राहकलाई एलजीका उत्पादन मन पर्छन्, तर तत्कालै पूरा रकम तिर्नुपर्ने भएकाले खरिद केही समय पछि सार्ने अवस्था हुन्छ। यही समस्या समाधान गर्न हामीले दशैं–तिहारलाई लक्षित गरेर विभिन्न वित्तीय संस्थासँग सहकार्य गरी किस्ताबन्दी सुविधा ल्याएका छौँ।
यसअन्तर्गत निश्चित उत्पादनमा डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजदरमा १२ महिनासम्मको किस्ताबन्दी सुविधा उपलब्ध गराइएको छ। यसले ग्राहकलाई एकैपटक ठूलो रकम खर्च नगरी आफूलाई आवश्यक उत्पादन घरमा लैजान सहज बनाउँछ।
अहिले एलजीका कुन उत्पादनको माग बढी छ ?
एलजीका उत्पादनमा टेलिभिजन र रेफ्रिजेरेटरको माग राम्रो छ। वासिङ मेसिनको पनि बजारमा राम्रो माग छ। दशैं–तिहारजस्ता चाडपर्वमा यी उत्पादनको बिक्री सामान्य समयभन्दा बढ्ने गर्छ।
ग्राहकले चाडपर्वलाई नयाँ सामान खरिद गर्ने अवसरका रूपमा लिने भएकाले अहिले विभिन्न श्रेणीका उत्पादनमा माग बढेको छ। विशेषगरी घरायसी प्रयोगका विद्युतीय सामग्रीमा उपभोक्ताको आकर्षण देखिन्छ।
एलजीको बजारमा प्रतिस्पर्धात्मक आधार के हो ?
एलजी लामो समयदेखि नेपाली बजारमा विश्वास कायम गर्न सफल ब्रान्ड हो। हाम्रो लागि उत्पादन बिक्री गर्नु मात्र ठूलो कुरा होइन। ग्राहकले सामान खरिद गरेपछि पाउने सेवा पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
एलजीले बिक्रीपछिको सेवामा विशेष ध्यान दिएको छ। ग्राहकलाई समस्या पर्दा सकेसम्म छिटो सेवा उपलब्ध गराउने हाम्रो नीति छ। ग्राहकले सामान खरिद गरेपछि चौबीस घण्टाभित्र सेवा उपलब्ध गराउने प्रणालीमा हामी काम गरिरहेका छौँ।
उत्पादनको गुणस्तर र बिक्रीपछिको सेवा नै ग्राहकको विश्वास निर्माण गर्ने मुख्य आधार हुन्। एलजीका उत्पादनमा ग्राहकले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण बनाउन हामी निरन्तर काम गरिरहेका छौँ।
दशैं–तिहारमा नयाँ सामान खरिद गर्ने ग्राहकलाई के भन्न चाहनुहुन्छ ?
दशैं भनेकै नयाँ कुरा जोड्ने, घरलाई नयाँ बनाउने र परिवारसँग खुसी साट्ने समय हो। त्यसैले ग्राहकले आफ्नो घरका लागि आवश्यक सामान खरिद गर्दा गुणस्तर, मूल्य र बिक्रीपछिको सेवालाई पनि ध्यान दिनुपर्छ।
हामीले यही सोचका साथ दशैं–तिहारका लागि विभिन्न अफर ल्याएका छौँ। क्यासब्याक, उपहार र किस्ताबन्दी सुविधाले ग्राहकलाई आफ्नो बजेटअनुसार एलजीका उत्पादन खरिद गर्न सहज बनाउने हाम्रो विश्वास छ।
म ग्राहकहरूलाई एलजीका उत्पादन एकपटक प्रयोग गरेर हेर्न आग्रह गर्न चाहन्छु। हामीलाई सेवा गर्ने अवसर दिनुहोस्। उत्पादनसँगै गुणस्तरीय सेवा दिने हाम्रो प्रतिबद्धता छ।
अन्त्यमा, दशैं–तिहारको अवसरमा सम्पूर्ण ग्राहकमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। एलजीप्रति लामो समयदेखि विश्वास र साथ दिइरहनुभएकोमा सबै ग्राहकप्रति धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा पनि त्यही विश्वास कायम राख्दै अझ राम्रो उत्पादन र सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता रहनेछ।
