Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
तस्बिरः सुन्दरकुमार थकाली/रासस
A A+ A-

मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झन्डै पाँच सयको संख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिएका छन्।

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन्। भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ।

उक्त सडक सञ्चालनका लागि अझै एक साता लाग्ने त्यस सडक आयोजनाका प्राविधिकहरूले जनाएका छन्। उक्त सडक सञ्चालनमा नआउँदा ७० बढी कन्टेनर र सय बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा राखिएको छ।

बेनी-जोमसोम सडक अवरुद्ध रहेकै अवस्थामा कोरला नाकाबाट भने केही मालवस्तु बोकेका कन्टेनर जोमसोम ल्याइएको छ। कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम-कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका ती केही मालवस्तुवाहक कन्टेनर जोमसोम ल्याइएको हो।

यसअघि बाढी पहिरोबाट नाका क्षेत्रमा विद्युत् र इन्टरनेटको समस्या कारण चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन नसक्दा सयौंको संख्यामा ती कन्टेनर रोकिएका थिए।

भारी वर्षापछिको बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौं स्थानमा विद्युत् पोल क्षतिमा हुँदा एक सातादेखि मुस्ताङमा केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध थियो। त्यसबाट उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित हुँदै आएको थियो।

कोरला नाकामै रोकिएका कन्टेनर चालक गोबिन्द गुरुङले कोरला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका करिब ३०० कन्टेनर तथा २०० बढी विद्युतीय सवारी साधन भन्सार जाँचपासका लागि अहिले पनि रोकिएको बताए।

चीनबाट कोरला नाका हुँदै पैठारी गरी नेपाल भित्र्याइएको दशैं–तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्‍याउन नसक्दा व्यपारी मात्र होइन उपभोक्ता समेत इच्छाइएको सामग्री खरिद गर्नबाट वञ्चित हुनुपरेको छ। त्यसबाट नेपाली बजार समेत आर्थिक रुपमा चलायमान हुनसकेको छैन।

2