काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ भने चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको भाउ प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँ थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।