काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ७ सय रुपैयाँ थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।