काठमाडौं। रसुवाको भोटेकोसी क्षेत्रमा गएको भीषण बाढीको ४५ दिनपछि बेत्रावतीस्थित फलाकु खोलामा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
गत भदौ १० गते आएको बाढीले सडक तथा पुलका संरचनामा क्षति पुर्याउँदा यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो। नेपाली सेनाले निर्माण गरेको उक्त बेलीब्रिजको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।
पुल सञ्चालनमा आएसँगै बाढीका कारण अवरुद्ध बनेको सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीय बासिन्दाका साथै उक्त सडकखण्ड भएर आवतजावत गर्ने यात्रु र सवारीसाधनलाई आवतजावतमा राहत पुग्ने विश्वास लिइएको छ।
