Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
A A+ A-

मुस्ताङ। प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्यांग्रा व्यापारले पुस्र्तौंदेखि निरन्तरता पाउँदै आएको छ।

कुनै बेला हिमालपारिको व्यापारमा ऊन र नुनको कारोबार गर्ने मार्गको विरासत दसैंका बेला हिमाली च्यांग्रा बजार झार्ने परम्पराले धानेको छ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका च्याङग्रा व्यापारी निरज थकालीले प्राचीन रेशमी मार्ग, मुस्ताङी च्याङ्ग्रा र पोखरा क्षेत्रको दसैंको हजाराँ वर्ष पुरानो सम्बन्ध रहेको बताए।

‘रेशमी मार्गमा नुन र ऊनको व्यापार इतिहास बने पनि दसैँमा मुस्ताङी च्याङ्ग्रा बेच्न बजार झर्ने चलनले रेशमी मार्गको विरासत धानेको छ,’ उनले भने, ‘मुक्तिनाथ आएका तीर्थयात्रीको माध्यमबाट मुस्ताङी च्याङ्ग्राको मासुको स्वाद देशभर फैलिएको इतिहास छ।’

मुस्ताङका लेकाली खर्कबाट सुरु भएको च्याङ्ग्राको यात्रा म्याग्दी, पर्वत, बागलुङ, चितवन, काठमाडौँ, पोखरा, बुटवल, स्याङ्जा, नुवाकोटलगायत देशका ठूला सहरसम्म फैलिएको छ।

विगतमा वस्तु र संस्कृतिको आदानप्रदान हुने यस भेगमा आज पनि च्याङ्ग्राको व्यापारले हिमाल र सहरबीचको सम्बन्धलाई जीवन्त राखेको नेपाल पशु चौपाया व्यापार सेवा संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए।

‘ऊन र नुनको पुरानो व्यापार हराउँदै गए पनि दसैँमा मुस्ताङी च्याङ्ग्रा बजार झार्ने परम्पराले भने निरन्तरता पाएको छ,’ उनले भने, ‘यही परम्पराले हिमाली जीवनशैली, स्थानीय अर्थतन्त्र र पोखराको दसैँलाई पनि एउटै धागोमा उनेको छ।’

हिमाली भेडाच्याङ्ग्राको बथान बजार झर्न थालेपछि सर्वसाधारणलाई दसैं भित्रिएको महसुस गराउँछ। लोमान्थाङ गाउँपालिका–१ छोसेरका आङग्याल गुरुङ यस वर्ष दसैँका लागि ७०० च्यांग्रा बिक्री गर्न बजार झरेका छन्।

‘पुर्खाले गर्दै आएको च्याङ्ग्रा व्यापारको पेसालाई निरन्तरता दिएको छु,’ उनले भने, ‘च्याङ्ग्रा पालेका किसानबाट खरिद गर्ने र आफ्नै गोठमा पालेका च्याङ्ग्रा बेच्न दसैंको समयमा बजार झर्ने हाम्रो पुरानो चलन हो।’

उपल्लो मुस्ताङका किसानका लागि च्याङ्ग्रा पालन परम्परागत पेसा र आम्दानीको प्रमुख आधार हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ तेताङका पेम्बा गुरुङले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका छन्।

किसानबाट च्याङ्ग्रा खरिद गरेर दसैँका बेला बजारमा बिक्री गर्ने उहाँको व्यवसाय पुस्र्तौंदेखि चलिआएको छ। नेपाल पशु चौपाया व्यापार सेवा सङ्घका संस्थापक अध्यक्ष श्रेष्ठ पनि छ दशकदेखि च्याङ्ग्राको व्यापारमा आबद्ध छन्।

बुबाले सुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै आएका उनले यस वर्ष काठमाडौं पठाउन एक हजार च्यांग्रा मुस्ताङबाट सात दिन हिँडाएर म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा ल्याएका छन्। उनले यस व्यवसायबाट १६ जनालाई मौसमी रोजगारी दिएका छन्।

श्रेष्ठका अनुसार यस वर्ष काठमाडौंका लागि तीन हजार च्यांग्रा लैजाने तयारी गरिएको छ। चीनसँगको कोरला नाका बन्द रहेकाले यसपालि बजारमा आउने च्याङग्रा स्वदेशकै हुन्। एक महिनाअघि नै बुकीमा पुगेर नाम्ग्याल, छोसेर, यारा र घारालगायत क्षेत्रबाट च्यांग्रा संकलन गरिएको हो। हाल बजारमा च्यांग्राको मूल्य प्रतिगोटा ४० हजार देखि ५० हजारसम्म पर्छ।

श्रेष्ठका अनुसार विगतमा प्रतिकिलो एक हजार ३५० देखि एक हजार ४०० सम्ममा च्यांग्राको मासु बिक्री हुने गरेको थियो।

हिमाली बुकीमा पाइने जडीबुटी खाएर हुर्किने भएकाले च्याङ्ग्राको मासु पौष्टिक हुने मालिका गाउँपालिका–६ दरवाङका श्रीदत्त गौतमले बताए।

५ वर्षसम्म पालिएका च्याङ्ग्राको मासु स्वादिलो हुने व्यापारीको भनाइ छ । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चापदार्थका रूपमा पनि प्रयोग हुन्छ।

उता च्यांग्रा पालन गर्ने किसानको संख्या भने घट्दै गएको छ। छोसेरमा पहिले २५ वटा च्याङ्ग्राका गोठ रहेकामा अहिले पाँचवटा मात्रै बाँकी रहेको किसान पनि रहेका च्याङ्ग्रा व्यापारी आङग्याल गुरुङले बताए।

‍हिउँचितुवाबाट च्यांग्रा जोगाउनुपर्ने चुनौती, हिउँदमा चरन र आहाराको अभाव, गोठाला नपाइनु तथा युवा वैदेशिक रोजगारीमा जाने क्रम बढ्नुले परम्परागत व्यवसाय संकटमा परेको स्थानीय बताउँछन्।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट १३ हजार ८१७ भेडा च्याङ्ग्रा निकासी भएका छन्।

कार्यालय प्रमुख लालमणि अर्यालले ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी निकासीका लागि अनुमति दिइएको बताए।

कार्यालयले स्वास्थ्य परीक्षणपछि स्वस्थ भेडाच्यांग्रा मात्र निकासी हुने व्यवस्था मिलाएको छ । गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए।

मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन्। उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोतका रूपमा रहेको च्यांग्रा पालनले स्थानीय अर्थतन्त्रसँगै पुस्तौँदेखिको परम्परालाई धानेको छ।

यस वर्षको बाढीपहिरोले सडकमा क्षति पुर्‍याउँदा च्याङ्ग्रा बजार ल्याउन व्यापारीलाई कठिन भएको छ । च्याङ्ग्रा खरिद गर्न जाँदा सहज रहेको सडक फर्किने बेलासम्म बिग्रिएपछि कतिपय ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपरेको व्यापारीहरुले बताएका छन्।

बेनी–जोमसोम सडकका म्याग्दी खण्ड बाढी पहिरोले छियाछिया भएकाले च्याङ्ग्रा ओसारपसार चुनौतीपूर्ण बनेको छ । सडक छिटो सञ्चालनमा आएकाले ठूलो राहत मिलेको व्यवसायीले बताएका छन् ।

2