Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

तानसेनका महिलाका लागि दुनाटपरी उद्योग आम्दानीको स्रोत

तानसेनका महिलाका लागि दुनाटपरी उद्योग आम्दानीको स्रोत
A A+ A-

काठमाडौं: पाल्पाको तानसेन नगरपालिका-२ मा सात महिलाले मिलेर सञ्चालन गरेको दुनाटपरी उद्योगले स्थानीय महिलाका लागि रोजगारी र आम्दानीको नयाँ बाटो खोलेको छ। चार लाख रुपैयाँको लगानीमा स्थापना गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’ले वनमा खेर जाने सालका पातलाई व्यावसायिक रूपमा प्रयोग गर्दै आएको छ।

उद्योगकी अध्यक्ष कल्पना पौडेलका अनुसार मेसिनको प्रयोग गरी दैनिक एक हजारवटा दुनाटपरी उत्पादन हुने गरेको छ। यसबाट उद्योगले मासिक २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको छ। परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्दा उत्पादनहरू हातले बनाएका भन्दा आकर्षक र बलिया बनेका छन्। यी सामग्रीले भोजभतेरमा प्रयोग हुने प्लास्टिकका प्लेटलाई प्रतिस्थापन गर्न मद्दत पुर्‍याएको पौडेलले बताइन्।

उद्योग सञ्चालक मञ्जु रेग्मीका अनुसार उत्पादित सामग्रीको माग स्थानीय बजारका साथै बाहिरी जिल्लाबाट पनि आउने गरेको छ। सानो दुना प्रतिगोटा दुई रुपैयाँ, चारकुने टपरी सात रुपैयाँ र लाफा १३ रुपैयाँमा खुद्रा बिक्री हुने गरेको छ। थोक मूल्यमा भने यसभन्दा केही सस्तो दरमा सामग्री उपलब्ध हुने गरेको छ।

यद्यपि, उद्योगले कच्चा पदार्थ संकलनमा भने चुनौती भोगिरहेको छ। सालका रूख प्रशस्त भए पनि पात संकलन गर्ने जनशक्तिको अभावमा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको सञ्चालकहरू बताउँछन्। उद्योगकी सचिव कल्पना पोखरेल खनालका अनुसार वडा कार्यालयबाट एउटा मेसिन सहयोग प्राप्त भए पनि बजारको माग धान्न थप मेसिन र कच्चा पदार्थ व्यवस्थापनमा स्थानीय सरकारको सहयोग आवश्यक छ।

यस उद्यममा संलग्न महिलाहरूले खाली समयको सदुपयोग गर्दै मासिक पाँच हजार रुपैयाँसम्म कमाउने गरेका छन्। यसले उनीहरूलाई घरखर्च चलाउन र आफ्ना आवश्यकता पूरा गर्न ठूलो राहत मिलेको छ। दुनाटपरीको व्यावसायिक उत्पादनले परम्परागत सीप र संस्कृतिको संरक्षणसँगै वातावरणमैत्री सामग्रीको प्रयोगलाई पनि बढावा दिएको छ।

2