काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उत्साहलाई थप बढाउन एक्स्ट्रीम इनर्जी ड्रिंकले सात फ्रेन्चाइज टोलीको लोगो अंकित ‘स्पेसल एडिसन’ क्यान बजारमा ल्याएको छ। यसअघि समर्थकहरूले जर्सी वा झन्डाको माध्यमबाट आफ्नो टोलीलाई समर्थन गर्दै आएकोमा, अब आफ्नो मनपर्ने टोलीको लोगो भएको इनर्जी ड्रिंक क्यानमार्फत समर्थन जनाउने नयाँ विकल्प प्राप्त गरेका छन्।
एनपीएल सिजन ३ मा एक्स्ट्रीम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ। साथै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन सम्झौता गरिएको कम्पनीले जनाएको छ।
क्रिकेटको माहोललाई रंगशाला बाहिर दर्शकहरूको दैनिक जीवन र बजारसम्म पुर्याउने उद्देश्यले यो पहल गरिएको हो। कम्पनीका अनुसार यी विशेष क्यानहरूले समर्थकहरूलाई आफ्नो मनपर्ने टोलीसँग अझ नजिकबाट जोड्न मद्दत गर्नेछन्। उपभोक्ताहरूले यी क्यानहरू नजिकैका पसल तथा बिक्री केन्द्रहरूबाट खरिद गर्न सक्नेछन्।
