Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

भारतीय पर्यटक आकर्षित गर्न पर्यटन सञ्जाल विस्तार

भारतीय पर्यटक आकर्षित गर्न पर्यटन सञ्जाल विस्तार
A A+ A-

चितवन । भारतीय पर्यटकलाई नेपालका प्रमुख गन्तव्यसम्म आकर्षित गर्दै दुई देशबीचको पर्यटन व्यापार विस्तार गर्ने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुने भएको छ।

कात्तिक ९ देखि ११ गतेसम्म चितवनमा सञ्चालन हुने कार्यक्रममा भारतका विभिन्न सहरबाट २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधि सहभागी हुनेछन्। कार्यक्रमले नेपाली र भारतीय पर्यटन व्यवसायीबीच सहकार्य बढाउने, संयुक्त भ्रमण प्याकेज निर्माण गर्ने र भारतीय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो। ‘सीमा जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवर्द्धन गर्दै’ भन्ने नारासहित आयोजना हुने कार्यक्रमको संयोजन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाले गरिरहेका छन्।

सापकोटाका अनुसार कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीले नेपालका होटल, रिसोर्ट तथा पर्यटन सेवाप्रदायकसँग प्रत्यक्ष संवाद गर्नेछन्। यसबाट दुई देशका व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार हुनुका साथै भारतीय पर्यटकका लागि आकर्षक भ्रमण प्याकेज निर्माण गर्ने सम्भावना बढ्ने आयोजकको विश्वास छ।

नेपालमा धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटनका प्रशस्त सम्भावना भए पनि भारतीय बजारमा तिनको प्रभावकारी प्रवर्द्धन आवश्यक रहेको सापकोटाले बताए। उनका अनुसार कार्यक्रम प्रचारप्रसारमा मात्र सीमित नभई भारतीय व्यवसायीलाई नेपाली पर्यटकीय गन्तव्यको प्रत्यक्ष अवलोकन गराउने, होटल तथा रिसोर्टका सेवा र सुविधाबारे जानकारी दिने र दीर्घकालीन व्यावसायिक साझेदारी स्थापना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।

कार्यक्रमले लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई समेटेर एकीकृत पर्यटन सर्किट विकास गर्ने अवधारणालाई प्राथमिकता दिएको छ। यी क्षेत्रलाई एउटै भ्रमण मार्गमा जोड्न सके धार्मिक आस्था, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र वन्यजन्तु अवलोकनमा रुचि राख्ने पर्यटकलाई एउटै यात्रामा विविध अनुभव प्रदान गर्न सकिने अपेक्षा गरिएको छ।

यसका लागि भरतपुर, कपिलवस्तु, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह र रामग्राम क्षेत्रका पर्यटन व्यवसायी तथा स्थानीय सरोकारवालाबीच सहकार्य विस्तार गर्ने योजना छ। क्षेत्रीय गन्तव्यलाई आपसमा जोड्दा पर्यटकको बसाइ अवधि बढाउन, स्थानीय व्यवसायमा आर्थिक गतिविधि विस्तार गर्न र पर्यटनबाट प्राप्त हुने लाभ विभिन्न क्षेत्रमा पुर्‍याउन सहयोग पुग्ने आयोजकको विश्वास छ।

तीन दिनसम्म चल्ने कार्यक्रममा व्यावसायिक भेटघाट, गन्तव्य परिचय भ्रमण र संयुक्त पर्यटन प्याकेज निर्माणका विषयमा छलफल हुनेछ। साथै, आगामी दिनमा नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या बढाउन नियमित आवागमन, पर्यटन सेवा विस्तार र व्यवसायीबीच निरन्तर सहकार्यका सम्भावना खोजिनेछ।

नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्ध पुरानै भए पनि त्यसलाई व्यवस्थित पर्यटन साझेदारीमा रूपान्तरण गर्न सके नेपाली पर्यटन क्षेत्रले भारतीय बजारमा थप अवसर प्राप्त गर्न सक्छ। चितवनमा आयोजना हुन लागेको कार्यक्रमले दुई देशका व्यवसायीलाई एउटै मञ्चमा ल्याउँदै क्षेत्रीय पर्यटन प्रवर्द्धन र सीमा वारपार पर्यटक आवागमन विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

2