Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे
A A+ A-

काठमाडौं: लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा भारतीय पर्यटकको सङ्ख्या २४ प्रतिशतले बढेको हो।

कम्पनीको २३ औँ वार्षिक साधारण सभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले दिएको जानकारी अनुसार केबलकार चढ्ने कूल पर्यटकमा भारतीय हिस्सा २९ प्रतिशत पुगेको छ। भारतको उत्तर प्रदेश, दिल्ली, झारखण्ड, बिहार, केरला र आन्ध्र प्रदेशबाट पर्यटकहरू पाल्पाको वसन्तपुरस्थित कामाख्या देवी तथा दुर्गा मन्दिर दर्शनका लागि आउने गरेका छन्। भारतीय पर्यटक आकर्षित गर्न सीमावर्ती क्षेत्रका यातायात चालकसँग समन्वय र भारतीय भ्लगरहरूमार्फत प्रवर्द्धनलाई तीव्रता दिइएको कम्पनीले जनाएको छ।

यसैबीच, केबलकारको टप स्टेसनमा पाँचतारे होटेल र क्यासिनो निर्माण कार्य अघि बढेको छ। अध्यक्ष ढकालका अनुसार होटेलको नक्सा पासको प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने खानेपानी व्यवस्थापनको काम आंशिक रूपमा पूरा भएको छ। कम्पनीले आगामी आर्थिक वर्षमा रोलर कोस्टर, बाउन्स क्यासल र जिरो ग्राभिटी राइडजस्ता मनोरञ्जनात्मक पूर्वाधार थप्ने योजना बनाएको छ।

बजार प्रवर्द्धनका लागि कम्पनीले बुटवल र भैरहवा क्षेत्रका ७० भन्दा बढी होटेल, ४० भन्दा बढी सङ्घसंस्था, ४५ भन्दा बढी शिक्षण संस्था तथा विभिन्न व्यावसायिक प्रतिष्ठानसँग टिकट छुट सम्झौता गरेको छ। विश्वव्यापी आर्थिक चुनौतीका बाबजुद खर्च नियन्त्रण र मितव्ययिता कायम गर्दै कम्पनीले दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत जोड दिइरहेको अध्यक्ष ढकालले बताए।

2