काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको तोलामा ५ रुपैयाँले बढेर २ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी २ हजार २६० रुपैयाँमा किनबेच भएको थियो।