Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

वर्षाका कारण १९औँ गोदावरी फूल प्रदर्शनीको अवधि दुई दिन थपियो

वर्षाका कारण १९औँ गोदावरी फूल प्रदर्शनीको अवधि दुई दिन थपियो
A A+ A-

ललितपुर: निरन्तरको वर्षाका कारण दर्शकलाई अवलोकनमा कठिनाइ भएपछि ललितपुरको जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार कात्तिक १२ देखि १६ गतेसम्म सञ्चालन हुने भनिएको उक्त मेला अब कात्तिक १८ गतेसम्म चल्नेछ।

वर्षाले गर्दा दर्शकको उपस्थितिमा असर परेपछि आयोजकले प्रदर्शनी लम्ब्याउने निर्णय गरेको हो। ‘रोपौँ फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सञ्चालित यस प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूल र पुष्प सजावटका सामग्री राखिएका छन्। फ्यानका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रामबहादुर तामाङले आइतबार साँझसम्म २३ हजारभन्दा बढीले मेला अवलोकन गरेको र ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको जानकारी दिएका छन्।

जावलाखेल खेलमैदानमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने सो प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि विकास निर्देशनालय, पुष्प विकास केन्द्र, कृषि विभाग र राष्ट्रिय फलफूल बाली विकास केन्द्र सहआयोजकका रूपमा रहेका छन्। फ्यानका महासचिव हिरामणि शर्माका अनुसार यस प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्द्धन, व्यावसायिक उत्पादन र आन्तरिक बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ।

2