Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

दाङका किसान खेतमै धान भित्र्याउँदै

दाङका किसान खेतमै धान भित्र्याउँदै
A A+ A-

काठमाडौं: तिहारको रौनक देशभर छाएको छ, तर दाङका किसानलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो छ। वर्षभरिको मेहनतबाट उत्पादन भएको अन्न सुरक्षित गर्ने समय भएकाले उनीहरू चाडपर्वको रमझमका बीच खेतमै व्यस्त छन्। जिल्लाको तुलसीपुर, घोराहीको नारायणपुर र दंगीशरण क्षेत्रका किसानहरू अहिले धान काट्न र भित्र्याउन जुटेका छन्।

दंगीशरण गाउँपालिका-३ हेकुलीका अर्जुन थापाले आफ्नो मुख्य आयस्रोत कृषि भएकाले धान भित्र्याउनुलाई नै तिहारसरह मानेको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो आयस्रोत भनेकै कृषि हो। अहिले तिहार र धान भित्र्याउने समय सँगसँगै परेको छ। यी दुवै हाम्रा लागि महत्त्वपूर्ण छन्। तिहार पनि मनाउने र अन्न पनि भित्र्याउने काममा लागेको छु। त्यसैले यसपालिको तिहार खेतमै मनाउँदै छु।” थापाका अनुसार वर्षभरि परिवारको पेट पाल्ने अन्न समयमै सुरक्षित गर्नु अहिलेको पहिलो जिम्मेवारी हो।

त्यस्तै, दंगीशरण गाउँपालिका-५ पोतलीका जिवराज चौधरीको व्यस्तता पनि उस्तै छ। महिनौँको मेहनतपछि तयार भएको बाली घर भित्र्याउन पाउँदा आफूहरूलाई ठूलो चाडपर्वसरह भएको उहाँले बताउनुभयो। अरू मानिसहरू घरमा तिहार मनाइरहँदा किसानहरू भने खेतमा पसिना बगाइरहेका छन्। उनीहरूका लागि पाकेको धान घरको आँगनमा भित्रिनु नै तिहारको वास्तविक खुसी बनेको छ।

2