Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

झापामा भारतीय सयपत्री फूल बरामद

झापामा भारतीय सयपत्री फूल बरामद
A A+ A-

झापा: प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएको लाखौं मूल्यको सयपत्री फूल बरामद गरी नष्ट गरेपछि झापाका व्यावसायिक कृषकहरूले राहत महसुस गरेका छन्। सशस्त्र प्रहरीको गस्ती टोलीले भद्रपुर नगरपालिका-८ बाट २५ लाख ६५ हजार ४०० रुपैयाँ मूल्य बराबरको सयपत्री र कमलको फूल बरामद गरेको हो। बरामद गरिएको फूललाई प्रहरी, जनप्रतिनिधि र पत्रकारको रोहबरमा खाल्डो खनेर नष्ट गरिएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले बजारमा बिक्रीका लागि राखिएको २५० केजीभन्दा बढी भारतीय तयारी माला पसलबाटै बरामद गरी नष्ट गरेको छ। प्रहरी प्रमुख विष्णुप्रसाद सापकोटाका अनुसार सोही क्रममा केही पटकाजन्य पदार्थसमेत बरामद गरी नष्ट गरिएको छ। यसअघि स्थानीय कृषकहरूले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर भारतीय फूलको आयात रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

झापामा व्यावसायिक फूल खेती फस्टाउँदै गएको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टका अनुसार जिल्लामा २० बिघाभन्दा बढी क्षेत्रमा व्यावसायिक फूल खेती भइरहेको छ। बुद्धशान्ति गाउँपालिकाका कृषक कृष्ण ढकालले स्थानीय उत्पादनले बजारको माग धान्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘हाम्रातिर अन्य कृषकहरूले समेत यसरी फूल खेती गर्नुभएको छ, झापाली चेली माइतीलाई पुग्ने गरी हामीले खेत खेतमा फूल खेती लगाएका छौं, भारतबाट ल्याउन जरुरी छैन।’

त्यस्तै, कनकाई नगरपालिका-४ की कविता बस्नेतले पनि १५ कठ्ठा जग्गामा सयपत्री खेती गरिरहेको बताउनुभयो। मेचीनगर नगरपालिकाले पनि भारतीय बजारबाट फूल खरिद नगर्न सर्वसाधारणलाई सूचना जारी गरेको छ। झापा क्षेत्र नम्बर ४ का सांसद शम्भु ढकालले युवा कृषकलाई लक्षित गरी स्वदेशमै स्वरोजगार सिर्जना गर्ने नीतिमा सरकार केन्द्रित रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘पारीको होइन वारीको खाउँ, फूलमाला पनि आफ्नै बारीको लगाऊ भनेर हामीले नागरिकलाई भनिरहेका छौं।’

2