काठमाडौं: नेपाल एसबीआई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश रहेको छ। हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३ सय ९० रुपैयाँ ७२ पैसा कायम छ।
बैंकले उक्त लाभांश प्रस्तावलाई स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि प्रस्तावित लाभांश बैंकको ३३औँ वार्षिक साधारणसभामा पेस गरिनेछ।
