Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायी चिन्तित

तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायी चिन्तित
A A+ A-

सिन्धुपाल्चोक। नेपाल–चीन जोड्ने तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा नआउँदा व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। चीनसँगको सबैभन्दा छोटो दूरीको नाका मानिने तातोपानी नियमित सञ्चालनमा नआउँदा व्यापार–व्यवसाय प्रभावित भएको उनीहरूको भनाइ छ।

नाका खुलाउने विषयमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यवसायी तथा स्थानीय बासिन्दाले सरकारसँग नाका चाँडो खुलाउन माग गरेका छन्।

लामो समयदेखि नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक मार्ग नियमित सञ्चालनमा नआउँदा कतिपय व्यवसायी पेसाबाटै पलायन हुनुपरेको उनीहरूले बताए। विसं २०७२ को भूकम्पयता पटकपटक बन्द हुँदै आएको नाका नियमित सञ्चालनमा ल्याउन चीनले चासो नदेखाएको भन्दै उनीहरूले सरकारले बेइजिङसँग स्पष्ट जवाफ माग्नुपर्नेमा जोड दिएका छन्।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले व्यवसायीले नाकाबाट व्यापार गर्ने आशा गुमाउँदै गएको बताए । “व्यापारी र व्यवसायीले आशा मारिसकेका छन् । उनीहरू पूर्ण रूपमा निराश भइसकेका छन्”, उनले भने, “अब सरकारले नाका खोल्न उच्चस्तरीय पहल नगर्ने हो भने व्यवसायीले यो नाकाबाट व्यापार गर्न सक्ने छैनन्।”

कार्यक्रममा नाका अवरुद्ध हुनुका कारण, व्यवसायीले भोग्नुपरेको समस्या र आगामी कार्यदिशाबारे छलफल भएको थियो।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका उपाध्यक्ष भरत कार्कीले तातोपानी नाकाका लागि पठाइएका सामान नजिक आइपुग्ने बेलामा अचानक नाका बन्द हुने गरेको बताए । बाध्य भएर केरुङतर्फ सामान पठाउँदा त्यहाँ पनि समस्या आउने र पुनः अर्को नाका रोज्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

नेपाल ट्रान्स–हिमालयन सीमा व्यापार सङ्घका प्रतिनिधि रामचन्द्र पौडासैनीले चीनसँग प्रत्यक्ष कूटनीतिक संवाद गर्नुपर्नेमा जोड दिए । आवश्यक परे सरकारी प्रतिनिधिमण्डल नै चीन पठाउनुपर्ने उनको सुझाव छ।

“प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा चीनस्थित नेपाली राजदूतमार्फत जसरी भए पनि यो नाका खुलाउन कूटनीतिक पहल गर्नुपर्छ। आवश्यक परे वार्ताका लागि चीनमा प्रतिनिधिमण्डल पठाउनुपर्छ”, उनले भने, “यो नाकाको महत्त्वबारे हामीले चिनियाँ सरकारलाई बुझाउन सकेका छैनौँ। यो नाकाबाट कुनै सुरक्षा खतरा छैन भन्ने विश्वास पनि चीनलाई दिलाउनुपर्छ।”

भूकम्पपछि सहज रूपमा सञ्चालनमा आउन नसकेको तातोपानी नाका बन्दप्रायः हुँदा व्यापार–व्यवसाय चौपट भएको उनले बताए।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष अशोककुमार श्रेष्ठले नाका नखुल्दा व्यवसायीले भोग्नुपरेको समस्या समाधानमा सरकारले पर्याप्त ध्यान नदिएको बताए । “नाका नखुल्दा हामी व्यापारीलाई कति मर्का परिरहेको छ भन्ने कुरा सबैले बुझेकै विषय हो, तर पनि समाधानमा ख्याल गरेको देखिँदैन”, उनले भने, “नाकाको अनिश्चितताले व्यवसायी मारमा पर्नुका साथै राष्ट्रिय स्तरमै सामग्री आपूर्तिमा असर पर्ने निश्चित छ ।” उनले नाका क्षेत्रमा पहिरो रोकथाम, सडक स्तरोन्नति र सरकार–सरकार ९जिटुजी० तहमा वार्ता गर्न आह्वान गरे।

व्यवसायीले सरकारको कूटनीतिक तथा प्रशासनिक उदासीनताप्रति असन्तुष्टि जनाउँदै नाका सञ्चालनमा नआए विकल्प खोज्नुपर्ने अवस्था आउने बताएका छन्। सीमावर्ती भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले अन्तर्राष्ट्रिय महत्त्वको नाका सञ्चालनका विषयमा सरकार मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरे । “हामीले नाका सञ्चालनका लागि पटकपटक सरकार र मन्त्रीहरूको ध्यानाकर्षण गराउँदै आएका छौँ । चिनियाँ अधिकारीहरूसँग पनि छलफल गरिरहेका छौँ । उहाँहरूले ‘तपाईंको सरकारले नै वास्ता गरेको छैन’ भन्नुहुन्छ”, उनले भने ।

कार्यक्रममा सांसद पराजुलीले सरोकारवालाको आवाज सरकारसमक्ष पुर्‍याउने जिम्मेवारीअनुसार अन्तरक्रिया आयोजना गरिएको बताए। बजारमा चलेका हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले आफूले तातोपानी नाका र लिपिङ पुगेर सीमापारिका चिनियाँ संरचना प्रत्यक्ष अवलोकन गरेको जानकारी दिए। “चीन सरकारले भूकम्पले क्षतविक्षत भएको खासालाई अत्याधुनिक प्रविधियुक्त ‘स्मार्ट सिटी’का रूपमा विश्वसामु परिचित गराउन संरचनाहरू बनाइरहेको छ”, उनले भने।

2