Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित
A A+ A-

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीय हावापानीमा राम्रो फल्ने, सुगन्धित र स्वादिलो हुने तथा पराल पनि पर्याप्त उत्पादन हुने भएपछि किसानले यसको खेती विस्तार गर्न थालेका छन् ।

दुप्चेश्वर गाउँपालिका–६ स्थित बोक्सेफाँटका किसान निरञ्जनप्रसाद आचार्यले यस वर्ष आठ रोपनीमा जेठोबुढो धानको खेती गर्नुभयो । उहाँसँगै स्थानीय ध्रुवप्रसाद आचार्य र केदारनाथ धितालले सोही जातको धान लगाएको थियो ।

आचार्यले दुई वर्षअघि बागलुङबाट एक पाथी बीउ ल्याई यसको खेती सुरु गरेको जानकारी दिए । गत वर्ष परीक्षणका रूपमा खेती गर्दा चार मुरी धान उत्पादन भएपछि यस वर्ष उहाँले छ पाथी बीउ प्रयोग गरी आठ रोपनीमा खेती विस्तार गरे ।

यस वर्षको खेती लगाउन उहाँले वैशाख अन्तिममा बीउ राखेर जेठको अन्तिम साता रोपाइँ गरेको थियो । उक्त धान मङ्सिरको पहिलो साता भित्र्याइसकेको छ । बीउ राखेदेखि धान पाकेर भित्र्याउन भने छ महिना पूरा लागेको उनले बताए । “जेठोबुढो धानको भात नरम, स्वादिलो र बास्नादार हुन्छ । आफैँले बीउ छानेर राखेका छौँ,” आचार्यले भने ।

आठ रोपनीमा गरेको खेतीबाट उहाँले अहिले बीस मुरी धान फलाए । त्यस्तै, १२० भारी पराल उत्पादन भएको छ । धानको स्वाद र सुगन्ध, परालको राम्रो उत्पादन तथा बजारमा राम्रो मूल्य पाउन सकिने हुँदा यस खेतीको विस्तार गर्न उत्साहित बनाएको उनको भनाइ छ । इच्छुक किसानलाई खेती विस्तारका लागि आवश्यक बीउ सहुलियत शुल्कमा उपलब्ध गराउन सकिने उनले बताए ।

दुप्चेश्वर गाउँपालिकाका कृषि शाखा प्रमुख सुदेश सुवेदीले स्थानीय हावापानी जेठाबुढो धान खेतीका लागि अनुकूल रहेकाले विस्तारको प्रशस्त सम्भावना रहेको बताए । किसानले यसको खेतीबाट उत्पादन लिन थालेसँगै रैथाने जातको धानप्रति चासो र आकर्षण बढ्नु सकारात्मक भएको उनको भनाइ छ ।

“दुप्चेश्वरको हावापानी जेठोबुढो धान खेतीका लागि उपयुक्त छ । उत्पादन केही कम भए पनि स्वाद, सुगन्ध, बजार मूल्य र पराल उत्पादनका हिसाबले यो किसानका लागि लाभदायी हुन सक्छ,” कृषि शाखा प्रमुख सुवेदीले भने, “त्यसैले रैथाने बीउ संरक्षण गर्दै यसको खेती विस्तारमा गाउँपालिकाले प्रोत्साहन र प्राविधिक सहयोग गर्नेछ ।”

शिखरबेँसीको परम्परागत कृषि पहिचानका रूपमा रहेको समुन्द्रफिनी जातको धानको खेती लगाउने किसानको सङ्ख्या घट्दो छ । फल लिन लामो समय लाग्ने र धेरै उत्पादन नहुने भन्दै किसानको आकर्षण घट्दै जाँदा पुस्तौँदेखि जोगिँदै आएको यस रैथाने जातको बीउ नै लोप हुने जोखिम बढ्दै गएको उनले बताए ।

“समुन्द्रफिनी धान शिखरबेँसी–दुप्चेश्वरको मौलिक कृषि पहिचान बोकेको रैथाने जात हो । सो जातको धान खेती गर्ने किसान घट्दै जाँदा बीउ संरक्षणमा चुनौती थपिएको छ,” सुवेदीले भने, “जेठाबुढाजस्तै समुन्द्रफिनी धानको खेती पनि पुनः विस्तार गरी रैथाने जातको संरक्षण गर्न आवश्यक छ ।”

उनका अनुसार गाउँपालिकाले जेठोबुढो तथा समुन्द्रफिनीजस्ता स्थानीय जातको खेती विस्तार गर्न किसानलाई प्रोत्साहन गर्ने, आवश्यक बीउको व्यवस्थापनमा सहजीकरण गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने छ । “रैथाने जातका धान खेतीलाई निरन्तरता दिन किसानलाई प्रोत्साहित गर्न आवश्यक छ । उत्पादन, गुणस्तर र बजारको सम्भावनालाई जोडेर खेती विस्तार गर्न सके किसानको आम्दानी बढाउनाका साथै स्थानीय बीउ जोगाउन सकिन्छ,” उनले भने ।

रैथाने धानको बीउ संरक्षण, खेती विस्तार र बजार व्यवस्थापनलाई एकसाथ अघि बढाउन सके नुवाकोटका मौलिक कृषि उपजको पुनःस्थापना हुनाका साथै किसानको आयआर्जनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

2