Logo

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

अ+ अ-

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गरिरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । यसअघि सोमबार छापावाल सुन प्रतितोलामा २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।