Logo

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड कायम गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १,९०० रुपैयाँले बढेर २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

हिजो सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि आज २० रुपैयाँले वृद्धि भई तोलामा २,५९५ रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलामा २,५७५ रुपैयाँमा कारोबार भएको थियो।