Logo

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

अ+ अ-

काठमाडौँ- आज नेपाली बजारमा  सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदीको भाउ २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो एक तोला चाँदीको मूल्य २ हजार ५ सय ९५ रुपैयाँ थियो ।