Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

देशभर ४५ जिल्लामा सहुलियत पसल : यस्तो छ मूल्य

अ+ अ-

काठमाडौँ- देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दसैँ, तिहार र छठ लक्षित सुपथ मूल्य पसल सञ्चालनमा छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्रका अनुसार काठमाडौँ उपत्यकाभित्र थापाथली, रामशाहपथ, दक्षिणकाली बिक्री केन्द्र तथा ललितपुरको नख्खु खाद्य गोदाम परिसरमा सहुलियत पसल सञ्चालनमा छन् । वार्षिक स्वीकृत कार्यक्रम बजेटको सीमाभित्र रही घटस्थपनाको एक साता अघि अर्थात् भदौ ३० गतेदेखि छठ पर्वसम्म खाद्य कम्पनीका वस्तुहरूको मूल्यमा केही छुट गरी बिक्री वितरण गरिएको उहाँको भनाइ छ ।

प्रतिकिलो पाँच रुपियाँ छुट

उहाँका अनुसार सबै किसिमका चामल र गहुँ दानामा प्रतिकिलो पाँच रुपियाँ छुट दिइएको छ । यसैगरी, चिनी तथा सबै किसिमका दालहरू, चना, भटमास, केराउ तथा गेडागुडीमा प्रतिकिलो पाँच रुपियाँ छुट दिइएको छ ।

प्रतिकिलो सात रुपियाँ छुट

सबै किसिमका खाने तेल (तोरी, सनफ्लावर, भटमासको तेल) मा प्रतिलिटर सात रुपियाँ तथा चिउरा, आटा, पिठो, मैदामा पनि प्रतिकिलो सात रुपियाँ छुट दिइएको उहाँको भनाइ छ ।

प्रतिकिलो दस रुपियाँ छुट

यसैगरी, चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुहरू कर्णालीको सिमी, फापरको दाना, कागुनो, उवा, जुम्ली मार्सी, बासमतिमा प्रतिकिलाे दस रुपियाँ छुट छ । जिउँदो खसी, बोका, च्याङ्ग्रामा पनि प्रतिकिलो दस रुपियाँ छुट दिइएको छ ।

उहाँका अनुसार देशका ४५ जिल्लाका एक सय ११ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गरेको छ ।

४५ जिल्लाहरूमा झापा, ताप्लेजुङ, मोरङ, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, रसुवा, कास्की, तनहुँ, गोरखा, लमजुङ, मनाङ, जोमसोम, रूपन्देही, बाँके, दाङ, बर्दिया, रोल्पा, रुकुम पूर्व, गुल्मी, सुर्खेत, रुकुम पश्चिम, दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, डोटी, बैतडी, दार्चुला, कन्चनपुर, अछाम लगायतका जिल्लामा सहुलियत पसल सञ्चालनमा छन् ।

मिश्रले भन्नुभयो, “सुपथ मूल्य पसल ४५ जिल्लाको एक सय ११ स्थानमा सञ्चालनमा छन् । उपभोक्ताको उपस्थिती पनि एकदम राम्रो छ । दैनिक एक करोडभन्दा बढीको कारोबार भएको छ ।”

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार साल्ट ट्रेडिङ्गले काठमाडौँ उपत्यकाभित्र १२ स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । यस्तै, देशभरमा आफ्ना कार्यालय रहेका स्थानमा साल्ट ट्रेडिङ्गले सहुलियत पसल सञ्चालन गरेको छ ।

राजभण्डारीले कालीमाटी, सतुङ्गल, कोटेश्वर, काँडाघारी, कौशलटार, जावलाखेल, सिफल, कपन, बालाजु, इमाडोल, महाराजगन्जलगायतका स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ ।

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाको १२ स्थानमा छ । गएको भदौ ३० गतेदेखि नै सुपथ पसल सुरु भइसकेको छ । चिनीमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकिलो दुई रुपियाँ, तेलमा प्रतिलिटर सात रुपियाँ छुट दिइएको छ ।”

2