Logo

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

अ+ अ-

काठमाडौँ- गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आइतबार तीन हजारले बढेर दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु. तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार १२५ मा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।