Logo

सुनको मूल्यमा सामान्य वृद्धि 

अ+ अ-

काठमाडौँ। स्थानीय बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढे २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ। तोलामा ५ रुपैयाँले घटेर चाँदी ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।