काठमाडौँ- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ३ हजार ८ सय र चाँदीको मूल्य तोलामा ६५ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ५०० र चाँदी प्रतितोला ३ हजार ९० मा खरिदबिक्री हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।