काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ७०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी ३५ ले बढेको छ । आज एक तोला सुनको मोल २ लाख ४३ हजार निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३ हजार १८५ कायम भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।