Logo

सुनचाँदीको मूल्य निरन्तर बढ्दो

अ+ अ-

काठमाडौँ-अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ४७ हजार कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेर तोलामा ३ हजार २०० कायम भएको छ ।

हिजो सुनको मूल्य प्रति तोला २ लाख ४२ हजार ७०० कायम भएको थियो भने एक तोला चाँदी ३ हजार ११५ मा कारोबार भएको थियो । एक दिनपछि सुनमा ५ हजार २०० र चाँदीमा रु ८५ को वृद्धि भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १४१ र त्यति नै चाँदै ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।