Logo

सुनचाँदीको मूल्य केही घट्यो

अ+ अ-

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ९०० र चाँदी रु ५० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९२ हजार २०० त्यति नै चाँदीको मूल्य ५ हजार ८७० कायम भएको छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार १०० र त्यति नै चाँदीको मूल्य ५ हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार ७०० त्यति नै चाँदीको मूल्य ४ हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन २ लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी ५ हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन २ लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु ५  हजार ८१० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।