Logo

एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८ सय

अ+ अ-

काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन २ हजार ४०० र चाँदी २ सय ९० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख तीन हजार ८०० त्यति नै चाँदीको मूल्य ६ हजार ४८० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य ३ लाख एक हजार ४०० र त्यति नै चाँदीको मूल्य ६ हजार १९० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।