Logo

सुनचाँदीको मूल्य आज पनि बढ्यो

अ+ अ-

काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा ७४०० र चाँदी  १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९४५ कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला २लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८४५ कायम भएको थियो । सोमबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी ४ हजार ७०० मा कारोबार भएको थियो ।

गत आइतबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ७२० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।