काठमाडौं- सरकारले सार्वजनिक संस्थानमा पूँजी बृद्धि र सरकारी शेयर गरेर भए पनि अवस्था मजबुत बनाउने जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उद्देश्य मिल्ने संस्थासँग गाभेर भएर पनि सार्वजनिक संस्थानलाई बलियो बनाउने उहाँले बताउनुभयो । निजी–साझेदारी मोडलमा त्यसको स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।