काठमाडौँ- सरकारले आगामी पुस मसान्तसम्म राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वज्निक गर्दै सो घोषणा गर्नुभएको हो ।
अर्थमन्त्री वाग्लेले भन्नुभयो, “बैकिङ्क क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर बैकिङ्क सम्पत्तिको प्रभावकारी व्यवस्था गर्न विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानुनी अधिकारसहितको कम्पनी पुस मसान्तसम्म स्थापना गर्नेछौं ।”