कम्पनीका अनुसार ३.१ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको अर्बिटरले आईडीसी मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा १५८ किलोमिटरसम्म यात्रा गर्न सक्छ। स्कुटरमा ऊर्जा बचत र कार्यसम्पादनलाई सन्तुलित गर्ने अत्याधुनिक एरोडाइनामिक डिजाइन प्रयोग गरिएको छ।
सुरक्षा र सहज यात्रालाई प्राथमिकता दिँदै अर्बिटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङसहित इको र पावर मोड उपलब्ध गराइएको छ। कम्पनीका अनुसार उद्योगमै पहिलो पटक १४ इन्चको अगाडिको पाङ्ग्रा प्रयोग गरिएको छ, जसले स्थिरता, नियन्त्रण र आरामदायी यात्रा सुनिश्चित गर्नेछ।
डिजाइनतर्फ स्कुटरमा ८४५ मिलिमिटर लामो समथर सिट, २९० मिलिमिटरको फराकिलो फुटबोर्ड तथा ३४ लिटर क्षमताको अन्डर–सिट स्टोरेज उपलब्ध छ, जहाँ दुईवटा हेल्मेट राख्न सकिने कम्पनीले जनाएको छ।
टीभीएस अर्बिटरमा रङ्गीन एलसीडी डिस्प्ले, मोबाइल एपमार्फत कनेक्टिभिटी, फोन कल तथा सन्देश सूचना, दिशा निर्देशन प्रणाली, दूरबाट ब्याट्रीको अवस्था र ओडोमिटर जाँच गर्ने सुविधा तथा अनलाइनमार्फत सफ्टवेयर अद्यावधिक गर्ने सुविधा पनि समावेश गरिएको छ।
सुरक्षातर्फ स्कुटरमा दुर्घटना सूचना, स्कुटर ढलेको सूचना, चोरी तथा टोइङ अलर्ट, जियो–फेन्सिङ, समय–सीमा अलर्ट, प्रत्यक्ष लोकेसन ट्र्याकिङ र आपतकालीन सूचना प्रणाली जस्ता अत्याधुनिक सुविधा दिइएको छ। साथै १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, एलईडी हेडलाइट, यूएसबी चार्जिङ पोर्ट तथा मजबुत बडी संरचनाले नेपाली सडकलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीको दाबी छ।
सार्वजनिक कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमान कार्गरले नेपाल दिगो यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको बजार भएकाले अर्बिटरको आगमन कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। कम्पनीका उपाध्यक्ष मधु प्रकाश सिंहले नेपाली सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर स्कुटरको व्यापक परीक्षण गरिएको र यसले विश्वसनीय कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सको मातृसंस्था शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएस आइक्युबको सफलतापछि अर्बिटरले पनि नेपाली विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
टीभीएस अर्बिटर नेपालमा नियन सनबर्स्ट, कस्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन रङमा उपलब्ध हुनेछ। कम्पनीले यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकेको छ।
