Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

माछापुच्छ्रे सहकारीका ऋणीलाई ३५ दिनको अल्टिमेटम, नतिरे सम्पत्ति लिलाम हुने

माछापुच्छ्रे सहकारीका ऋणीलाई ३५ दिनको अल्टिमेटम, नतिरे सम्पत्ति लिलाम हुने
A A+ A-

विराटनगर । समस्याग्रस्त घोषित विराटनगरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋणीलाई कोशी प्रदेश सरकारले ३५ दिनभित्र सावाँ–ब्याज चुक्ता गर्न अल्टिमेटम दिएको छ ।

कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ऋणीलाई तोकिएको अवधिभित्र संस्थाबाट लिएको ऋणको सावाँ र ब्याज बुझाउन निर्देशन दिएको हो ।

प्रदेश सहकारी ऐन, २०७६ को दफा ८४ को उपदफा २ बमोजिम जारी सूचनामा ३५ दिनभित्र ऋण चुक्ता नगरे ऋणी तथा निजका परिवारका नाममा रहेको चल–अचल सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गरिने चेतावनी दिइएको छ ।

कार्यालयले ऋण असुलीका लागि प्रचलित कानुनबमोजिम आवश्यक सबै प्रक्रिया अघि बढाउने जनाएको छ । लामो समयदेखि ऋण भुक्तानी नगरेका ऋणीलाई तत्काल कार्यालयमा सम्पर्क गरी बक्यौता चुक्ता गर्नसमेत सूचनामार्फत आग्रह गरिएको छ ।

ऋण असुलीको प्रक्रिया अघि बढाउँदै ऋणीहरूको नामनामेसी सार्वजनिक गर्दा उनीहरूको इज्जत तथा प्रतिष्ठामा आँच पुगेमा त्यसको जिम्मेवारी कार्यालयले नलिने सूचनामा उल्लेख छ ।

समस्याग्रस्त सहकारीको ऋण असुली प्रक्रियालाई तीव्र बनाउँदै कार्यालयले ऋणीलाई अन्तिम अवसरका रूपमा ३५ दिनको समय दिएको हो ।

2