Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

शेखर गोल्छालाई १ करोड धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

अ+ अ-

काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छालाई १ करोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानतमा रिहा गर्न आदेश दिएको छ। मंगलबार विशेष अदालत काठमाडौंका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले धरौटी बुझाएपछि गोल्छालाई तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले गोल्छाविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा उनलाई हिमालयन रिइन्स्योरेन्स कम्पनीको अध्यक्षको हैसियतमा कम्पनीको रकम ब्रोकर नम्बर ५५ मार्फत शेयर खरिदमा प्रयोग गराएको तथा व्यक्तिगत रूपमा समेत ठूलो रकम उपलब्ध गराएको आरोप लगाएको थियो। सरकारी दाबीअनुसार हिमालयन रिइन्स्योरेन्सको तर्फबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ ३ पैसा तथा गोल्छाले व्यक्तिगत रूपमा ५२ करोड ५० लाख रुपैयाँ ब्रोकर नम्बर ५५ मा पठाएका थिए। रकारी पक्षले यी रकमलाई बिगो कायम गर्दै गोल्छामाथि सजाय र कसुरबाट प्राप्त सम्पत्ति जफत गर्न माग गरेको थियो। उनले हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष भए पनि आफ्नो भूमिका कार्यकारी प्रकृतिको नभएको र कम्पनीको रकम कहाँ र कसरी प्रयोग भयो भन्ने विषयमा आफूलाई जानकारी नभएको बयान दिएका छन्। व्यक्तिगत रूपमा पठाएको ५२ करोड ५० लाख रुपैयाँ भने शुलभ अग्रवालको आग्रहमा बैंकिङ माध्यमबाट पठाएको उनले स्वीकार गरेका छन्। बजार प्रतिकूल देखिएपछि शेयर कारोबार नगर्ने निर्णय गरी रकम फिर्ता मागेको र आफूले शेयर कारोबार नगरेको उनको भनाइ छ।

2