Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

टाटाको नयाँ पञ्च र टियागो ईभी सार्वजनिक, नाइमा एक्स्पोमा १ लाखसम्म छुट

टाटाको नयाँ पञ्च र टियागो ईभी सार्वजनिक, नाइमा एक्स्पोमा १ लाखसम्म छुट
A A+ A-

काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा नयाँ पञ्च ईभी र नयाँ टियागो ईभी सार्वजनिक गरेको छ । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को अवसर पारेर दुवै विद्युतीय गाडी सार्वजनिक गरेको हो ।

नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले भने विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै पञ्च ईभी खरिद गर्न सक्नेछन् । अर्थात् एक्स्पोमा बुकिङ गर्दा ग्राहकले १ लाख रुपैयाँ छुट पाउनेछन् ।

नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । एक्स्पोमा पञ्च ईभी र टियागो ईभी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको जनाएको छ ।

गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए ।

‘नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन हामी प्रतिबद्ध छौँ । नयाँ पञ्च ईभी र टियागो ईभी नेपाली बजारमा सार्वजनिक गर्नुले हाम्रो प्रतिबद्धतालाई अझ पुष्टि गरेको छ,’ उनले भने ।

उनका अनुसार दुवै मोडल फरक–फरक ग्राहकका आवश्यकता र प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको हो ।

सिप्रदीले विद्युतीय गाडीको बिक्रीसँगै चार्जिङ तथा सर्भिस पूर्वाधार विस्तारमा समेत लगानी गर्दै आएको जनाएको छ । सिप्रदी ट्रेडिङका चीफ अपरेटिङ अफिसर राजेशप्रसाद गिरीले ग्राहकलाई ईभी प्रयोगमा थप सहजता र विश्वास दिलाउन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए ।

कम्पनीका अनुसार हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन् ।

अत्याधुनिक ‘एक्ट.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ किलोवाट र ४० किलोवाट क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन् । नेपालको सडकमा गरिएको परीक्षणअनुसार यी ब्याट्रीले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

पञ्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५ स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसजस्ता सुविधा छन् ।

त्यस्तै, दैनिक आवतजावतलाई लक्षित नयाँ टियागो ईभीमा नयाँ डिजाइन, आकर्षक रङ विकल्प, ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम र ६ वटा एयरब्यागलगायतका सुविधा दिइएको छ ।

2