Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज

अ+ अ-

काठमाडौं। सामसङ नेपालले नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले नयाँ ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ पनि एकसाथ सार्वजनिक गरेको हो।

नयाँ फोल्डेबल फोनमा ग्यालेक्सी एआईको नयाँ अनुभव समावेश गरिएको सामसङले जनाएको छ। फोल्ड ८ अल्ट्रा र फोल्ड ८ का ठूला डिस्प्लेले एप परिवर्तन नगरी सामग्री समीक्षा, तुलना तथा सिर्जना गर्न सहज बनाउने कम्पनीको दाबी छ। फ्लिप ८ भने एआई अन्तरक्रिया र रचनात्मक प्रयोगमा केन्द्रित छ।

सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले फोल्डेबल फोनले एआई प्रयोगका लागि परम्परागत स्मार्टफोनभन्दा फराकिलो कार्यक्षेत्र उपलब्ध गराउने बताए।

नयाँ फोन खरिदलाई सहज बनाउन कम्पनीले हुलास फिनसर्भमार्फत ४० प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको किस्ता सुविधा ल्याएको छ। योग्य ग्राहकका लागि डाउन पेमेन्ट २० प्रतिशत र किस्ता अवधि ३६ महिनासम्म पुर्‍याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

कम्पनीले पुराना फोन साटेर नयाँ उपकरण खरिद गर्न ट्रेड–इन सुविधा समेत उपलब्ध गराएको छ। पुराना उपकरणको मूल्यांकन गरी एक्सचेन्ज मूल्य प्रदान गरिनेछ।

नयाँ ग्यालेक्सी जेड सिरिजको प्रि–अर्डर अगस्ट १३ देखि खुला भएको छ। प्रि–अर्डरमा ग्राहकले प्याकेजअनुसार ६८ हजार रुपैयाँसम्मको लाभ पाउने कम्पनीले जनाएको छ।

प्रि–अर्डर गर्ने ग्राहकले दुई वर्षको एनसेल अनलिमिटेड डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ६ महिनाको गुगल एआई प्रो सेवा र फोन कभर प्राप्त गर्नेछन्। भीआईपी प्रि–अर्डर ग्राहकले ग्यालेक्सी वाच ९ वा वाच अल्ट्रा २ खरिद गर्दा थप १० हजार रुपैयाँ छुट पाउनेछन्।

सामसङले एचएफएल, ईसेवा, एनसेल, एपकुडो, रेमिट्यान्स साझेदार, आईएमएस र हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा फाइनान्सिङ, कनेक्टिभिटी, ट्रेड–इन, रिवार्ड तथा बिक्रीपछिको सेवासमेत एकीकृत रूपमा उपलब्ध गराउने जनाएको छ।

2