Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

अमेरिकाले ड्रोन आयातमा १०० प्रतिशतसम्म ट्यारिफ लगाउने

अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ड्रोन तथा तिनका कम्पोनेन्टको आयातमा १०० प्रतिशतसम्म ट्यारिफ लगाउने घोषणा गरेको छ । राष्ट्रिय सुरक्षा बलियो बनाउने, घरेलु उत्पादन बढाउने र विदेशी आपूर्ति शृंखलामाथिको निर्भरता घटाउने उद्देश्यले नयाँ शुल्क संरचना ल्याइएको ह्वाइट हाउसले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार २५ किलोग्रामभन्दा बढी तौल भएका वा थर्मल इमेजिङ क्षमता भएका ड्रोनमा १०० प्रतिशतसम्म ट्यारिफ लाग्नेछ । २५ किलोग्राम वा सोभन्दा कम तौलका ड्रोनमा भने २५ प्रतिशत शुल्क तोकिएको छ ।

नयाँ शुल्क चरणबद्ध रूपमा कार्यान्वयन गरिनेछ । अधिकांश ट्यारिफ आदेशमा हस्ताक्षर भएको २१ दिनभित्र लागू हुनेछन् । तुलनात्मक रूपमा कम संवेदनशील ड्रोन कम्पोनेन्टमा भने १८० दिनपछि शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

अमेरिकाले चीनबाट आउने ड्रोनलाई मात्र निशाना बनाएको छैन । युरोपेली संघ, जापान, लिक्टेन्स्टाइन, दक्षिण कोरिया, स्विट्जरल्यान्ड र ताइवानबाट आयात हुने ड्रोन तथा सम्बन्धित कम्पोनेन्टमा १५ प्रतिशत शुल्क लाग्नेछ । बेलायतबाट आउने ड्रोनमा निश्चित सर्त पूरा भए १० प्रतिशत ट्यारिफ लाग्ने व्यवस्था गरिएको छ ।

बेलायतबाट आउने त्यस्ता ड्रोनमा अधिकांश हार्डवेयर, सफ्टवेयर र प्रविधि बेलायत वा अमेरिकामै उत्पादन भएको हुनुपर्नेछ ।

चीनमाथि थप दबाब

नयाँ अमेरिकी नीतिको सबैभन्दा ठूलो असर चिनियाँ ड्रोन निर्माता कम्पनीमा पर्ने अनुमान गरिएको छ । विश्वव्यापी ड्रोन बजारमा चीनको प्रभाव बलियो छ । विशेषगरी डीजेआईले अमेरिकी व्यावसायिक ड्रोन बजारमा लामो समयदेखि उल्लेख्य हिस्सा ओगट्दै आएको छ ।

अमेरिकाले यसअघि नै चिनियाँ ड्रोन प्रविधिलाई राष्ट्रिय सुरक्षासँग जोडेर विभिन्न प्रतिबन्धात्मक कदम अघि बढाइसकेको छ । संघीय सञ्चार आयोगले चिनियाँ ड्रोनसहित केही विदेशी प्रविधिसँग सम्बन्धित उपकरणमा समेत कडा नियमन गर्दै आएको छ ।

चीनले पनि अमेरिकी प्रतिबन्धको प्रतिक्रियामा ड्रोन तथा ड्रोनसम्बन्धी प्रविधिको निर्यातमा नियन्त्रण कडा बनाएको छ । नयाँ अमेरिकी ट्यारिफले दुई मुलुकबीचको प्रविधि प्रतिस्पर्धालाई थप चर्काउने संकेत गरेको छ ।

युद्धदेखि व्यापारसम्म ड्रोन रणनीतिक वस्तु

रुस-युक्रेन युद्धपछि ड्रोनको रणनीतिक महत्व झन् बढेको छ । निगरानी, लक्ष्य पहिचान, सीमा सुरक्षा र सैन्य आक्रमणसम्म ड्रोनको प्रयोग तीव्र रूपमा विस्तार भएको छ ।

यही कारण अमेरिकाले ड्रोनलाई सामान्य उपभोक्ता उपकरणभन्दा माथि राखेर राष्ट्रिय तथा आर्थिक सुरक्षासँग जोडेको देखिन्छ । घरेलु उत्पादन क्षमता र आफ्नै आपूर्ति शृंखला विस्तारलाई रणनीतिक प्राथमिकता दिइएको छ ।

नयाँ नीतिले अमेरिकी कम्पनीलाई घरेलु उत्पादन बढाउने अवसर दिनसक्ने भए पनि आयातित ड्रोनको लागत भने बढ्ने सम्भावना छ । विशेषगरी चीनमा निर्भर अमेरिकी सरकारी तथा व्यावसायिक खरिदकर्ताले वैकल्पिक आपूर्तिकर्ता खोज्नुपर्ने अवस्था आउन सक्छ ।

विश्वव्यापी आपूर्ति शृंखलामा असर

अमेरिकाको नयाँ ट्यारिफले ड्रोनको मूल्य र आपूर्ति संरचनामा मात्र होइन, विश्वव्यापी उत्पादन सञ्जालमै प्रभाव पार्न सक्छ । चीनमा निर्भर कम्पनीहरूले उत्पादन, एसेम्बली र कम्पोनेन्ट आपूर्तिको संरचना पुनर्व्यवस्थित गर्नुपर्ने दबाब बढ्नेछ ।

अमेरिकी बजारमा चिनियाँ उत्पादनको हिस्सा घट्दै जाँदा अमेरिका वा उसका सहयोगी मुलुकका उत्पादकले बजार विस्तारको अवसर पाउन सक्छन् । तर वैकल्पिक आपूर्ति महँगो परे अमेरिकी उपभोक्ता र व्यावसायिक प्रयोगकर्ताको लागत बढ्ने जोखिम पनि उत्तिकै छ ।

यसरी ड्रोनमाथिको नयाँ ट्यारिफ व्यापारिक निर्णयमा मात्र सीमित छैन । यो अमेरिका–चीन प्रविधि प्रतिस्पर्धा, राष्ट्रिय सुरक्षा र रणनीतिक आपूर्ति शृंखलामाथि नियन्त्रणको ठूलो खेलसँग जोडिएको कदमका रूपमा देखिएको छ ।

2