Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड

अ+ अ-

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६०.६८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा बैंकको खुद नाफा २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार कर्जा लगानी र आम्दानीमा भएको वृद्धि तथा सम्भावित जोखिमबापत छुट्याइने इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उल्लेख्य सुधार आएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा १७.८५ प्रतिशत बढी हो । त्यस्तै, कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाखबाट १४.१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद सञ्चालन नाफा ६४.२६ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो नाफा ३ अर्ब ९४ करोड २० लाख रुपैयाँ थियो । यसैगरी, अघिल्लो आवमा वितरणयोग्य मुनाफा शून्य रहेकोमा गत आवमा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म बैंकको कुल निक्षेप ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । खुद कर्जा तथा सापट ३ खर्ब ४० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप ३७.११ प्रतिशत र कर्जा तथा सापट १२.५० प्रतिशतले बढेको हो ।

बैंकको कुल समग्र आम्दानी ३ अर्ब ९० करोड ८९ लाख रुपैयाँ रहेको छ । पुँजी कोष अनुपात ११.४० प्रतिशत, कर्जा–निक्षेप अनुपात ५०.८७ प्रतिशत र असारको आधारदर ४.२० प्रतिशत रहेको छ । त्रैमासिक औसत आधारदर ४.२२ प्रतिशत कायम भएको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात ३.९५ प्रतिशत, ब्याजदर अन्तर ३.३७ प्रतिशत र कोषको लागत २.९६ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी २९.१४ रुपैयाँ कायम भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेशका ७७ जिल्लाबाट वित्तीय सेवा दिँदै आएको छ । बैंकका ३१६ शाखा, ३३५ एटिएम र १ लाख ४८ हजार क्यूआर मर्चेन्ट सञ्चालनमा छन् । बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता २० लाख ६२ हजार पुगेका छन् भने कुल ग्राहक संख्या ४८ लाख ७० हजार रहेको छ ।

बैंकले सरकारी कारोबार र क्यूआर मर्चेन्ट कारोबारमा समेत अग्रणी स्थान कायम गरेको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत खनालले बैंकको प्रगतिमा योगदान पुर्याउने निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी, नेपाल सरकार, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।

2