Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अमेरिकाको सरकारी ऋण ४० ट्रिलियन डलर पुग्दा वित्तीय संकटको चेतावनी

अ+ अ-

वासिङ्टन । अमेरिकाको कुल सरकारी ऋण पहिलोपटक ४० ट्रिलियन डलर नाघेको छ । ट्रेजरी विभागका अनुसार मंगलबारसम्म अमेरिकी सरकारको कुल सार्वजनिक ऋण ४०.०४७ ट्रिलियन डलर पुगेको हो।

कुल ऋणमध्ये ३२.२६६ ट्रिलियन डलर सर्वसाधारण तथा लगानीकर्तासँग रहेको ट्रेजरी ऋणपत्र र ७.७८२ ट्रिलियन डलर सरकारी निकायबीचको ऋण रहेको छ।

अमेरिकाको सरकारी ऋण सन् २०१७ मा डोनाल्ड ट्रम्प पहिलोपटक राष्ट्रपति बन्दा रहेको १९.९५ ट्रिलियन डलरको तुलनामा दोब्बरभन्दा बढी भएको छ । ऋण वृद्धिको करिब एकतिहाइ हिस्सा कोभिड–१९ महामारीका क्रममा ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेनको सरकारले राहत तथा आर्थिक कार्यक्रमका लागि गरेको ठूलो ऋणबाट आएको बताइएको छ।
बाँकी ऋण वृद्धि दुवै राष्ट्रपतिको वित्तीय नीतिसँगै लामो समयदेखिको कर तथा सरकारी खर्चबीचको असन्तुलनका कारण भएको जनाइएको छ।

अमेरिकाको बढ्दो ऋणप्रति बजेट निगरानी गर्ने संस्थाहरूले चिन्ता व्यक्त गर्दै तत्काल कदम नचालिए गम्भीर वित्तीय संकट निम्तिन सक्ने चेतावनी दिएका छन्। उनीहरूले कर वृद्धि, सरकारी खर्च कटौती वा दुवै उपाय अपनाउनुपर्ने बताएका छन्।

कमिटी फर अ रेस्पोन्सिबल फेडरल बजेटकी अध्यक्ष माया म्याकगिनिसले ४० ट्रिलियन डलरको ऋणले अमेरिकी अर्थतन्त्र र सर्वसाधारणको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने बताइन्।

उनका अनुसार बढ्दो ऋणले मुद्रास्फीतिमा दबाब बढाउने, सरकारका अन्य प्राथमिकतामा खर्च गर्न सक्ने क्षमता घटाउने तथा घरेलु र अन्तर्राष्ट्रिय संकट सामना गर्ने क्षमतामा असर पार्नेछ।

अमेरिकी ऋणमा विदेशी लगानीकर्ताको माग पनि पछिल्लो एक वर्षमा घटेको छ। अमेरिकी ट्रेजरी ऋणपत्रको करिब एकतिहाइ हिस्सा विदेशी लगानीकर्तासँग रहेको बताइएको छ।

यसैबीच, ३० वर्षे अमेरिकी ट्रेजरी बन्डको २५ अर्ब डलरको लिलामी सन् २०२१ यताकै उच्च प्रतिफलमा भएको छ। लामो अवधिका अमेरिकी ऋणपत्रको प्रतिफल मंगलबार झन्डै दुई दशकयताकै उच्च पुगेको थियो।

अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले बुधबार १० देखि ३० वर्ष अवधिका ट्रेजरी ऋणपत्र पुनः खरिदको आकार दोब्बर पार्दै प्रत्येक कारोबारमा कम्तीमा ४ अर्ब डलर पुर्याउने घोषणा गरेका छन्।

लामो अवधिका सरकारी ऋणपत्रको प्रतिफल बढ्दा घर, सवारीसाधन तथा व्यावसायिक कर्जाको ब्याजदरसमेत बढ्ने गर्छ। बढ्दो सरकारी ऋणबीच राष्ट्रपति ट्रम्पले भने ब्याजदर घटाउनुपर्ने माग दोहोर्याएका छन्।

2