Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

विकास बैंकको नाफा ६४.५ प्रतिशत बढ्यो

अ+ अ-

काठमाडौं। विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ । आर्थिक गतिविधिमा सुस्तता, कर्जा असुलीमा दबाब र वित्तीय क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बाबजुद विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा ९ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६४.५ प्रतिशतले बढी हो ।

विकास बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ विकास बैंकको खुद नाफा ५ अर्ब ६७ करोड रुपैयाँ थियो । हाल १७ विकास बैंकमध्ये कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरी नेपाल राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको छ ।

नाफा वृद्धिमा खराब कर्जा व्यवस्थापनमा आएको सुधार, कर्जा नोक्सानीका लागि गर्नुपर्ने प्रोभिजनिङ घट्नु तथा खुद ब्याज, शुल्क र कमिसन आम्दानीमा भएको सुधारले मुख्य भूमिका खेलेको बैंकहरूको वित्तीय विवरणले देखाएको छ ।

गत वर्ष गरिमा विकास बैंक सबैभन्दा बढी नाफा कमाउने विकास बैंक बनेको छ । बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै मुक्तिनाथ, साइन रेसुङ्गा र ज्योति विकास बैंकले पनि १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा गरेका छन् ।

राष्ट्रिय स्तरका ८ विकास बैंकले मात्रै गत वर्ष ८ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यस समूहमा गरिमा विकास बैंकको नाफा सबैभन्दा उच्च रहेको छ । नारायणी विकास बैंक भने ५ करोड ३७ लाख रुपैयाँ घाटामा गएको छ ।

तर, खुद नाफामा देखिएको सुधारअनुसार बैंकहरूको वितरणयोग्य नाफा भने बढ्न सकेको छैन । ९ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका विकास बैंकहरूको वितरणयोग्य नाफा ५ अर्ब ६७ करोड रुपैयाँ मात्रै छ ।

बैंकहरूको उठाउन बाँकी ब्याज बढ्नु, कर्जा जोखिम तथा गैरबैंकिङ सम्पत्तिको जोखिमका लागि थप रकम छुट्याउनुपर्नुलगायत नियामकीय समायोजनका कारण वितरणयोग्य नाफा घटेको हो । गत वर्ष कर्पोरेट, सालपा, सिन्धु र नारायणी विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

वितरणयोग्य नाफामा पनि गरिमा विकास बैंक अगाडि छ । बैंकले १ अर्ब २१ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाए पनि यसको वितरणयोग्य नाफा ६७ करोड रुपैयाँमा सीमित छ ।

बैंकहरूको व्यवस्थापकीय विश्लेषणअनुसार आर्थिक गतिविधिमा आएको सुस्तता र कर्जा नतिर्ने अभियानका कारण कर्जा असुली प्रभावित भएको छ । पछिल्लो समयको जेनजी आन्दोलन, राजनीतिक अस्थिरता र वित्तीय बजारमा बढेको तीव्र प्रतिस्पर्धाले समेत बैंकहरूको वित्तीय प्रदर्शनमा दबाब सिर्जना गरेको बैंकहरूले उल्लेख गरेका छन् ।

यसले विकास बैंकहरूको समग्र नाफा सुधारिए पनि नाफाको गुणस्तर र वास्तविक वितरण क्षमता अझै चुनौतीपूर्ण रहेको संकेत गर्छ ।

2