Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

राष्ट्रपति बन्ने दौडमा आलमगीर

अ+ अ-

काठमाडौँ। बंगलादेशको संसद्ले बिहीबार नयाँ राष्ट्रपति चयन गर्दैछ। सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव तथा स्थानीय सरकारमन्त्री मिर्जा फखरूल इस्लाम आलमगीर पाँच वर्षे कार्यकालका लागि देशको २३ औँ राष्ट्रपति बन्ने सम्भावना छ।

७८ वर्षीय आलमगीरले १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको राष्ट्रपतिका लागि दिउँसो हुने मतदानमा सहज विजय हासिल गर्ने अपेक्षा गरिएको छ। उनले मङ्गलबार आफूले राष्ट्रपतिको जिम्मेवारी पाउने कहिल्यै नसोचेको बताउँदै यसलाई पार्टी र सर्वशक्तिमान् अल्लाहको कृपाका रूपमा लिएका थिए।

उनले राष्ट्रपति बनेपछि पनि जनताको साथमा रहेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सन् २०२४ को जनआन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ भएपछि भएको पहिलो आमनिर्वाचनमा प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बिएनपीले गत फेब्रुअरीमा ठूलो विजय हासिल गरेको थियो।

त्यसपछि हसिनाका निकट सहयोगीका रूपमा चिनिएका पूर्वराष्ट्रपति मोहम्मद साहाबुद्दिनले पदबाट राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो।

७६ वर्षीय साहाबुद्दिनले खराब स्वास्थ्यलाई कारण देखाउँदै जुलाईमा राजीनामा दिएका थिए। उनी सन् २०२३ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए र सन् २०२८ को अन्त्यसम्म कार्यकाल बाँकी थियो।

हसिना अहिले भारतमा बस्दै आएकी छन्। उनले ढाकामा आफूविरुद्ध चलेको मुद्दामा उपस्थित हुन अस्वीकार गरेकी थिइन्। गत नोभेम्बरमा अदालतले उनलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो।

अधिकारवादी संस्थाहरूले हसिना नेतृत्वको सरकारमाथि विपक्षीको हत्या, राजनीतिक दमन, न्यायिक प्रक्रियामा हस्तक्षेप र एकतर्फी निर्वाचनलगायतका आरोप लगाउँदै आएको थियो।

आलमगीरको प्रतिस्पर्धा जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका ओली अहमदसँग हुँदैछ। संसद्मा मतदान स्थानीय समयअनुसार दिउँसो करिब २ बजे सुरु हुने अपेक्षा गरिएको छ।

लामो राजनीतिक यात्रा

२६ जनवरी १९४८ मा जन्मिनुभएका आलमगीरले ढाका विश्वविद्यालयमा अर्थशास्त्र अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका थिए। सन् १९६९ मा पाकिस्तानको सैन्य शासनविरुद्ध भएको आन्दोलनमा उनी प्रमुख विद्यार्थी नेतामध्ये एक थिए। उक्त आन्दोलन सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र हुने दिशाको महत्त्वपूर्ण आधार बनेको थियो।

अर्थशास्त्र अध्यापनपछि उनी सरकारी सेवामा प्रवेश गरे। त्यसपछि कृषि, उड्डयन तथा पर्यटनमन्त्रीलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै सक्रिय राजनीतिमा प्रवेश गरे।

हसिनाको लामो शासनकालमा उनी प्रमुख विपक्षी नेताका रूपमा स्थापित भएका थिए। त्यतिबेला बिएनपी अध्यक्ष खालिदा जिया जेलमा थिए भने उनका छोरा तारिक रहमान निर्वासनमा थिए। राजनीतिक प्रतिशोधबाट प्रेरित आरोप भन्दै आलमगीरलाई हसिना सरकारका पालामा पटकपटक पक्राउ गरिएको थियो।

बिएसएसका अनुसार कठिन राजनीतिक परिस्थितिमा बिएनपीलाई सङ्गठित राख्न र पार्टीको राजनीतिक उपस्थिति कायम राख्न आलमगीरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

आलमगीरको विवाह सेवानिवृत्त वित्तीय अधिकारी राहत आरा बेगमसँग भएको छ। उनीहरूका दुई छोरी छन्।

2