Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

६.०२ प्रतिशत ब्याजमै मुक्तिनाथको कृषि एसएमई कर्जा

अ+ अ-

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जाका लागि विशेष सहुलियत योजना सार्वजनिक गरेको छ।

तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बैंकले व्यवसाय विस्तार र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले योजना ल्याएको हो। योजनाअन्तर्गत कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न कर्जामा सहुलियतपूर्ण ब्याजदर र प्रशासनिक शुल्कमा छुट दिइने बैंकले जनाएको छ।

बैंकका अनुसार ग्राहकले बैंकको आधार दरमा न्यूनतम ०.५० प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्। भदौ महिनाका लागि बैंकको आधार दर ५.५२ प्रतिशत रहेकाले योजनाअन्तर्गत कर्जाको ब्याजदर ६.०२ प्रतिशत पर्नेछ।

कर्जा प्रवाह गर्दा लाग्ने प्रशासनिक शुल्कमा पनि बैंकले २५ प्रतिशत छुट दिने जनाएको छ।

चाडपर्वको समयमा व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक कार्यशील पुँजी व्यवस्थापन गर्न र कृषि तथा साना उद्यमीको वित्तीय आवश्यकता पूरा गर्न योजना ल्याइएको बैंकले जनाएको छ।

सीमित अवधिका लागि लागू हुने योजनाबाट नयाँ व्यवसाय विस्तार, उद्यम सञ्चालन तथा कार्यशील पुँजीका लागि कर्जा लिन चाहने ग्राहक लाभान्वित हुने बैंकको भनाइ छ। अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा मुक्तिनाथ विकास बैंकमा स्वाप गर्न चाहने ग्राहकले पनि यो सुविधा लिन सक्नेछन्।

बैंकका अनुसार उक्त कर्जा सुविधा देशभर रहेका १७६ वटै शाखाबाट उपलब्ध हुनेछ।

2