Logo

बजेट कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छ : अध्यक्ष ढकाल

अ+ अ-

काठमाडाैँ- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

सोमबार काठमाडौँमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेट : अ होलिस्टिक डिसकर्स’मा बोल्दै उहाँले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभएको हो ।

उहाँले सुशासन बिना राम्रो नतिजा दिन नसकिने बताउनुभयो । उहाँले सुशासन पालना गराउन नसके देशले खोजेको नतिजा आउन नसक्ने बताउनुभयो । सरकारले अपेक्षा गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदर बजेट राम्रोसँग कार्यान्वयन हुनसके सम्भव रहेको उहाँकाे भनाइ छ ।

अध्यक्ष ढकालले बजेटले उल्लेख गरेको खानीजन्य वस्तुहरू आन्तरिक प्रयोग र निर्यात गर्ने कुराबाट पछाडि फर्किन नहुने बताउनुभयो ।