Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने
अ+ अ-

काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ । उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सो बिक्री कक्ष सञ्चालन ल्याउन लागिएको हो ।

उक्त बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्घाटन गर्ने कार्यक्रम छ । खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु सहज र सुलभ आपूर्तिमा क्रियाशील कम्पनीले बिहीबार सातौं वार्षिकोत्सव मनाउँदै छ ।

सिंहदरबारभित्र सञ्चालनमा आउने बिक्री कक्षबाट उपभोक्ताले कम्पनीका सम्पूर्ण उत्पादन सर्वसुलभ दरमा पाउन सक्ने सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो । कम्पनीले चामल, दाल, तेल, चिनी र नुनसहित स्थानीय बाली चिनो, कागुनो, फापर, सिमीलगायत खाद्यवस्तु बिक्री गर्दै आएको छ ।

बिहीबारदेखि देशभर सुपथ मूल्य पसल

यसैबीच, कम्पनीले बिहीबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्नेभएको छ । चवालीस जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउने सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो र प्रतिलिटरमा रु पाँच छुट पाउनेछन् ।

2