Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सिप मेलाका ‘साझेदारसँग सहकार्य सम्झौता’ को दोस्रो चरण सम्पन्न

सिप मेलाका ‘साझेदारसँग सहकार्य सम्झौता’ को दोस्रो चरण सम्पन्न
अ+ अ-

काठमाडौँ, जेठ २२ गते । काठमाडौँ महानगरपालिकाले सिप मेला सञ्चालनका साझेदारसँग सहकार्य सम्झौता गरेको छ । मेला व्यवस्थापन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाको रोहबरमा, मेला सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा मानव संशासन उपलब्ध गराएर सहकार्य गर्ने संघसंस्थाका प्रतिनिधि र मेलाको व्यवस्थापक गतिशील अभियानका अधिकारीबिचमा सामाजिक उत्तरदायित्वअन्तर्गतको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर तथा आदान प्रदान भएको हो ।

मेलाको सहआयोजकका रुपमा महानगरपालिकाले नेपाल तालिम तथा व्यवसायी महासंघ र इभेन्ट म्यानेजमेन्टका लागि गतिशील अभियानसँग यस अघि नै सम्झौता गरिसकेको थियो ।

बुधबार सम्झौता भएका निजी संघसंस्थाहरुमा एनसेल, जगदम्बा मोटर्स, गोर्खा व्रुअरी, नेपाल लाइफ इन्स्योरेन्स, आइ.एन.जी. ग्रुप, के.एल. दुगड, पद्म ज्योती ग्रुप, एम.एड.ब्लु ग्रुप, अग्नि इन्टरप्राइजेज र काठमाडौँ मोडेल कलेज छन् । संयोजक झाका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, गोल्छा ग्रुप र सूर्य नेपालसँग सहकार्यका लागि सहमति भइसकेको छ ।

तालिम संयोजक देवेन्द्र केसीका अनुसार प्रशिक्षण साझेदारहरुमा मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (इमआइटी), ड्रोन हव, इञ्जिनियर्स भ्लग, स्लिङ्टन कलेज, मिथिला थाली, गेट कलेज, ताली एजुकेसन एण्ड रिसर्च, बागमती एजुकेसन कन्सल्टेन्सी, गरिमा ट्रेनिङ् इन्स्टिच्युट, इ थ्री सेल्स एण्ड सर्भिसेस, नेपाल उद्यमी विकास परामर्श केन्द्र, नेपाल स्थानीय तयारी पोशाक संघ, ओम अप्रायल, ट्रेस, क्वालिटी मल्टिपर्पोज, नेपाल कपडा तथा सिलाइ संघ, बडीमालिका मल्टिपर्पोज, गल्फ इन्टरनेशनल ट्रेनिङ् इन्स्टिच्युट, गण्डकी पोलीटेक्निक इन्स्टिच्युट, वल्र्ड वाइड टेक्निकल प्रा. लि., ट्रेड लिङ्क टेक्निकल इन्स्टिच्युट सहितका तालिम प्रदायक संघसंस्था छन् ।

यस्तै, पोखरा भ्याली टेक्निकल ट्रेनिङ् इन्स्टिच्युट, स्किल्स होम मेटल, प्राइम इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड इञ्जिनियरिङ्, नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ् सेन्टर, अग्नि ग्रुप, जगदम्बा मोटर्स, नेपाल हस्तकला महासंघ, नमस्ते नेपाल प्राविधिक शिक्षालय, फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल, पर्फेक्ट म्यानपावर ट्रेनिङ् सेन्टर, श्रृङ्गार घर प्रा.लि., इन्टरनेशनल पोली टेक्निक प्रा.लि., शिवशक्ति ट्रेनिङ् सेन्टर, माण्डु मो, सिकिन्छ एकेडेमी प्रशिक्षण साझेदार रहेका छन् । डिजिटल पार्टनरमा युरानस टेक रहेका छन् ।

सम्झौता समारोह चल्दाचल्दै नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ मेलाको अवलोकनका लागि आइपुग्नु भएको थियो । यही क्रममा कार्यक्रममा सहभागी हुनुभएका श्रेष्ठले महानगरपालिकाले सञ्चालन गरेको सिप मेलाले सामाजिक न्यायसहितको समृद्धिका लागि योगदान हुने धारणा राख्नुभयो । ‘‘यसले आर्थिक सामाजिक रुपान्तरणमा फड्को मार्न सघाउँछ ।’’ उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्नुहुँदै सहरी योजना आयोगका उपाध्यक्ष एवम् मेला निर्देशक समितिका संयोजक डा. सुमननरसिंह राजभण्डारीले, मेलाले रोजगार र स्वरोजगारबाट आफैँभित्र केही गर्न सकिन्छ भन्ने चेतको विकासमा दिगो नतिजा दिने अपेक्षा राख्नुभयो । मेलाका सल्लाहकार रञ्जित आचार्यले, स्थानीय सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको मेलाले सहभागितामूलक विकासको उत्कृष्ट नमूना भएको उल्लेख गर्नुभयो ।

सहकार्यबाट मात्र सबैको लाभ हुने नतिजा आउने उहाँको भनाइ थियो । यस्तै च्याम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले, मेलाको आयातनलाई बढाउँदै लानु पर्नेमा जोड दिनुभयो । देशबाट युवा पलायन भनेर गुनासो भइरहेको बेला सञ्चालन भएको मेलाले आफैँभित्रको सम्भावना देखाएको उहाँको भनाइ थियो । प्रशिक्षित ७५ जना जनशक्तिलाई आफ्नो कम्पनी र च्याम्वर अफ कमर्सका तर्फबाट रोजगारी दिने उहाँको भनाइ थियो । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले, तालिम प्रदान गरेर अन द जब ट्रेनिङ् र रोजगारीसँग जोड्नु मेलाको सवैभन्दा सवल पक्ष रहेको उल्लेख गर्नुभयो । जेठ ७ गतेदेखि सञ्चालन भएको मेलामा १० क्षेत्रका ३७ पेशासँग सम्बन्धित तालिम सञ्चालन भइरहेका छन् ।

आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी १२ पेशा छन् । व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृतिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) पेशा छन् ।

विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी २ वटा पेशाका तालिम चलिरहेका छन् । हाउस किपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि हो । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ वटा पेशाका तालिम सञ्चालित छन् ।

गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी दुई वटा पेशाका तालिम छन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी पाँच पेशाका तालिम छन् । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी चार पेशाका तालिम छन् । अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन वटा पेशाका तालिम सञ्चालित छन् । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी दुई वटा पेशाका तालिम चलिरहेका छन् । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चलिरहेका छन् ।

कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम चलेका छन् । यस्तै स्टक मार्केटसम्बन्धी तालिम चलिरहेको छ ।

2