Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तीन वटा स्वास्थ्य संस्था खारेज

तीन वटा स्वास्थ्य संस्था खारेज
अ+ अ-

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न सूचीकृत तीन वटा स्वास्थ्य संस्था खारेज गरेको छ ।

मन्त्रालयले तोकेको समय सीमाभित्र नवीकरण नगर्ने काठमाडौँस्थित स्वयम्भूको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, काठमाडौँ गोङ्गबुको रोज इन्टरनेसनल मेडिकल सर्भिसेस र ललितपुरको गोल्डेन गेट पोलिक्लिनिक एन्ड डाइबेटिज सेन्टर खारेजीमा परेका हुन् ।

रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ मा नवीकरण भएको मितिदेखि तेस्रो वर्षको पुस मसान्तसम्म निवेदन दिनुपर्ने उल्लेख छ ।

संस्थाले विशेष कारणले तोकिएको समयभित्र नवीकरणको निवदेन दिन नसकेमा सोको कारण खुलाई थप १५ दिनभित्र नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

श्रम मन्त्रालयका अनुसार मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र गोल्डेन गेट पोलिक्लिनिक एन्ड डाइबेटिज सेन्टरले तोकेको समयमा नवीकरण नगरेको स्पष्टीकरण पेस गरे पनि चित्त बुझ्दो देखिएन भने रोज इन्टरनेसनल मेडिकल सर्भिसेसले स्पष्टीकरण पनि पेस नगरेको हुँदा विज्ञ समितिको सिफारिसमा तीन वटै संस्था खारेज गरिएको हो ।

मन्त्रालयले गठन गरेको विज्ञ समितिले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि अनुसार ती संस्थाको नवीकरण तथा दर्ता खोरेजी गरेको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि २२३ वटा स्वास्थ्य संस्था दर्ता वा नवीकरण भएर सञ्चालनमा छन् । ती स्वास्थ्य संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकले स्वास्थ्य परीक्षण गराएर जाने गरेका छन् ।

2