Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कृषिसम्बन्धी जिज्ञासामा ‘कनेक्ट किसान एआई’

कृषिसम्बन्धी जिज्ञासामा ‘कनेक्ट किसान एआई’
अ+ अ-

काठमाडौँ- ‘कनेक्ट किसान’ को कृत्रिम बौद्धिकता (एआई) सल्लाह प्रणालीको क्षमता परीक्षण गर्दै ‘कफी सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ । बागबजारस्थित ‘आइडिया स्टुडियो’ मा आयोजित ‘नवप्रवर्तक युवासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले एआईसँग सो प्रश्न सोध्नुभएको थियो । कनेक्ट किसानको कृषि सल्लाह प्रणालीबारे चासो राख्दै प्रधानमन्त्री ओलीले यसको उपयोगिताको परीक्षणसमेत गर्नुभएको थियो ।

प्रधानमन्त्रीको प्रश्नमा ‘कनेक्ट किसान एआई’ ले यसरी उत्तर दियो, “कफीका फलहरू सफा गरेर चिसो र हावा चल्ने ठाउँमा पातलो तहमा राख्नु पर्छ । ती फल नियमित रूपमा पल्टाउँदै राम्ररी सुकाउनु पर्छ । यसरी गर्दा कफी राम्ररी सुक्ने र गुणस्तर राम्रो हुने गर्छ ।”

यस सन्दर्भमा ‘कनेक्ट किसान’ ले विकास गरेको एआई सल्लाह प्रणालीले कृषकहरूलाई आवाज तथा पाठ दुवै माध्यमबाट कृषिसम्बन्धी आवश्यक सुझाव दिने कनेक्ट किसानका निर्देशक राजन दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार यस प्रणालीमार्फत कृषकहरूले ह्वाट्सएपमा ९७०५९१९०१० नम्बरमा आफ्नो समस्या पठाउँदा एआईले नेपाली भाषामा उत्तर दिन्छ । यो प्रणाली विशेषतः ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच नभएका कृषकलाई कृषि प्रविधिमा पहुँच गराउने उद्देश्यले ल्याइएको दाहालले जानकारी दिनुभयो । उहाँले यो सल्लाह प्रणाली ‘कनेक्ट किसान’ ले नेपाली एआई अनुसन्धानमा आधारित कम्पनी ‘दियो एआई’ को सहयोगमा विकास गरेको पनि जानकारी दिनुभयो । दाहालका अनुसार यो एआई प्रणालीले बाली संरक्षण, मल प्रयोग, सिँचाइ, रोग नियन्त्रणदेखि लिएर बजार मूल्यसम्बन्धी सुझावसमेत दिन सक्छ । आवाज र पाठ दुवै प्रकारमा जानकारी आदानप्रदान गर्न सकिने भएकाले यो प्रणाली सरल र प्रभावकारी हुने उहाँको दाबी छ ।

2