Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आगामी आर्थिक वर्षको खरिद प्रक्रिया थाल्न निर्देशन

आगामी आर्थिक वर्षको खरिद प्रक्रिया थाल्न निर्देशन
अ+ अ-

काठमाडौँ- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबिच तादात्म्य मिलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य सुरु भएको अर्थ मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिनुभएको छ । बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उहाँको भनाइ छ ।

मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रक्रिया अघि बढाउन थप ऐन कानुन जरुरी नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भए अनुसार खरिदका लागि तयारी प्रक्रlया अघि बढाउँदा हुने धारणा व्यक्त गर्नुभयो । बैठकमा चालु आव २०८१/८२ को पुँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो ।

बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चित भएका र आवश्यक कागजात भएका योजना तथा कार्यक्रमका सम्बन्धमा रकमान्तरलगायतका विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने बताउनुभयो । उहाँले स्रोत सहमति भएका र कागजात पूरा भएका आयोजना तथा कार्यक्रमका सम्बन्धमा सहजीकरणका लागि आवश्यक परे बिदा र शनिबारका दिन पनि काम गर्ने बताउँदै प्रक्रिया पुगेका र हुन सक्ने काम मात्र अर्थ मन्त्रालयमा पठाउन सम्बन्धित मन्त्रालयका सचिवलाई अनुरोध गर्नुभयो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालयका सचिवहरू उपस्थित हुनुहुन्थ्यो ।

2